२९ श्रावण २०७७, बिहीबार

रामेछाप, २९ साउन । मन्थली नगरपालिकाका १ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । नगरपालिकाको स्वास्थ्य शाखाका कर्मचारीको संक्रमण पुष्टि भएको हो ।

नगरपालिकामा कार्यरत कर्मचारीलाई कोभिड-१९ संक्रमण पुष्टि भएपछि थप संक्रमण रोक्नका लागि का अनिश्चितकालका लागि शिल गरिएको छ । जिल्ला प्रशासन कार्यलय रामेछापले बिहीबार एक विज्ञेप्ती निकाल्दै अनिश्चितकालको लागि नगरपालिका शिल गरिएको जनाएको हो ।

साथै नगरपालिकाले ती कर्मचारीको प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिहरुको पहिचान कार्य सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV