२९ श्रावण २०७७, बिहीबार
  • तारा आचार्य

विराटनगर, २९ साउन । विराटनगर महानगरपालिका भित्र संक्रमितको संख्या बढे संगै दुई साताको लागि गरिएको लक डाउनको समय पुनः एक साता थप गरिएको छ ।

लगातार कोरोना संक्रमितहरुको संख्या बढेपछि विराटनगर महानगरपालिकाले साउन १६ गते देखि ३० गते सम्म दुई साताका लागि लकडाउन लगाएको थियो । तर संक्रमितहरुको संख्या झन बढेकोे र कोरोनाको चेन ब्रेक गर्न लकडाउन थप गरिएको विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले जानकारी दिनुभयो ।

जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्रको बैठकले अन्तर जिल्ला आवतजावत नियन्त्रण गर्ने र सिमामा कडाई गर्ने निर्णय गरे संगै महानगरपालिका स्तरीय सिसिएमसीको बैठकले लकडाउनको अवधि बढाउने निर्णय गरेको मेयर पराजुलीले जानकारी दिनु भयोे ।

विराटनगरमा बिहिवार एकैदिन ६० जना कोरोना संक्रमित फेला परेका छन् । विराटनगर महानगरपालिका क्षेत्र भित्र अहिले सम्म ४ सय १५ जनामा कोरोना पोजेटिभ पाइएको छ भने ५ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV