२९ श्रावण २०७७, बिहीबार
  • दान बहादुर बुढा

मुगु, २९ साउन । निमार्ण सम्पन्न भएका योजनाको रकम समेत गाँउपालिकाले समयमा भुक्तानी विभिन्न योजनाको रकम फ्रिज भएको छ ।जिल्लाको उत्तरी भेगमा पर्ने सोरु गाँउपालिकामा गएको आर्थिक बर्ष ०७६/०७७ मा कर्णाली प्रदेश सांसद क्षेत्र बिकास कोष मार्फत संचालित र अन्य निकायबाट बिनियोजित ४ करोड ८५ लाख बराबरको रकममा निर्माण सम्पन्न भएका योजनाको रकम गाँउपालिकाले भुक्तानी समयमा नगर्दा काम सम्पन्न भएका भुक्तानी रकम फ्रिज भएको हो ।

सोरु गाँउपालिकाको प्रति योजना २० लाख बराबरका आधा दर्जन बिकास निमार्णका पुर्वधार सम्पन्न भई भुक्तानी लिन मात्र बाँकी रहेका बेला गाँउपालिकाका जनप्रतिनिधि र कर्मचारीबिच विवाद उत्पन्न भएपछि ती आधा दर्जन विकास पुर्वधारको बजेट फिर्ता जाँदा योजनामा संलग्न कामदारले रकम नपाएको गुनासो गर्दै आएका छन् ।

चैत्र महिनामा गाँउपालिकासंग सम्झौता भई असारको दोस्रो हप्ता निर्माण कार्य सम्पन्न गरिसकेका स्थानीयहरुले सोरु गाँउपालिका अध्यक्ष लोकबहादुर शाही र गाँउपालिकाका कर्मचारीबीच भएको बिबादका निमार्ण सम्पन्न भएका योजनाको प्राबिधिक मुल्याङ्कन नगरेपछी सांसद बिकास कोष अन्र्तगतका कार्यक्रम २० ।२० लाखका आधा दर्जन सहित अन्य निकायबाट बिनियोजित भएका योजनाहरुको ४ करोड ८५ लाख बजेट फिर्ता गएको हो ।

प्रदेश सांसद क्षेत्र विकास कार्यक्रम अन्त्रर्गत सोरु गाँउपालिका प्रति योजनाको २० लाखका दरले बिनियोजित गरेको पुरुमुरु गाँउको आरसीसी बाटो, धैना दई विद्युत, रुमखोला बिद्युत, भई गुरु माबि घेरबार, जडेपानी हुदै खुवाकाँद गोरेटो बाटो र नार्थपु हुदै दाम्कि बिछ्यौंना गोरेटो बाटो निमार्ण सम्पन्न भई सक्दा समेत जन प्रतिनिधी र कर्मचारीबीचकोे बिबादका कारण प्राबिधिकले मुल्याङ्कन गर्न मानेन मुल्याङ्कन गरिदिन प्राविधिकलाई अनुरोध गर्दा असार अन्तिम सम्म सदरमुकाममै बसेका कारणले रकम फिज्र भएको हो ।

पुरुमुरु गाँउका १ सय २० घरधुरीले प्रति ब्यक्ति १३ दिन काम गरेर २ सय ८ मिटर आरसिसि बाटो असार १५ गते निमार्ण गरी रकम भुक्तानीको लागि समयमै बिल भर्पाई गाँउपालिकामा बुझाएको भए पनि २० लाख रकम फ्रिज पठाए पछि घर खेत बेचेर पनि साहुबाट ल्याएको सामानको रकम बुझाउन पुग्दै कामदार दिनहुँ तनाव दिने गरेका छन् । काम गरेर पनी रकम फ्रिज पठाएकाले आफुहरु तनाबमा रहेको पुरुमुरु आरसिसी बाटो निमार्ण उपभोक्ता समितिका अध्यक्ष ज्ञानबहादुर मल्लले बताए ।

प्रदेश सांसद क्षेत्र बिकास समिति अन्तर्गतका ६ वडा योजनाको सम्पुर्ण काम निमार्ण सम्पन्न भई सकेका छन । निमार्ण सम्पन्न भएका योजनाको भुक्तानी हुनु पर्ने हो । काम नै नभएका योजनाको बजेट फ्रिज जानु ठिकै हो तर काम भएका योजनाको समेत भुक्तानी भएन । खेती लगाउने समयमा घरको काम छोडेर १३ दिन सम्म आससिसी बाटो निमार्ण गर्दा १ किलो मिटर टाढाबाट ल्याएका ढुङ्गा बालु र गिटी बोक्दा शरीरको छाला समेत निस्किे सोरु गाँउपालिका-६ कि मसरी शाहीले गुनासो गर्नु भएको छ ।

काम गरेर रकम फ्रिज बठाउनु कस्तो मनसाय हो , आरसिसी बाटो निमार्ण हुनु भन्दा पहिले बर्षामा घर अगाडी पुरै हिलो र हिउँदमा धुलो मात्र हुन्थ्यो । अहिले आरसीसी बाटो निमार्ण भएपछी गाँउलेहरुलाई हिडडुलमा केही सहज भएपनी काम गरेको ज्याला जनप्रतिनधी र कर्मचारीले फ्रिज पठाउदा साह्रै दुख लागेको सोही गाँउका सिंगलाल शाहीको भनाई छ ।

प्रदेश तथा संघिय सरकारबाट बिनियोजित बजेट ढिलो निकासा हुने गरेका कारणले सम्झौता भई निमार्ण सम्पन्न भएका योजनाहरुको प्राबिधीक मुल्याङ्कन गर्न जान भौगलिक बिकटताका कारणले केही योजनाको निर्माण सम्पन्न भएपनी बजेट फ्रिज भएको सोरु गाँउपालिकाका अध्यक्ष लोक बहादुर शाहीले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV