२९ श्रावण २०७७, बिहीबार
  • सन्तोष काफ्ले,

सुनसरी, २९ साउन । नेपाली कांग्रेस निकट नेपाल तरुण दल र नेविसंघले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानले आफ्नो माग पूरा नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

नेपाल तरुण दल र नेविसंघले विहीबार संयुक्त पत्रकार सम्मेलन गरी कोरोना महामारीको समयमा पनि प्रतिष्ठानले आफ्नो स्वार्थका लागि साउन ३० गते (भोलि) सिनेट बैठक राख्न लागेको आरोप लगाएका छन् ।

त्यस्तै, उनीहरुले शुक्रबार (भोलि) हुन लागेको सिनेट बैठक स्थगित नभएमा कडा आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिएका छन् । कोरोना महामारीको समयमा सिनेट बैठक भन्दा पनि कोभिड १९ रोकथाम एवं नियन्त्रणमा ध्यान दिनुपर्ने अवस्थामा पदाधिकारीहरु काठमाडौं केन्द्रित भएका कारण आन्दोलनमा उत्रनु परेको तरुणदल धरान उपमहानगर समितिका सभापति हिमाल श्रेष्ठको भनाइ छ ।

तरुण दल र नविसंघले संयुक्त रुपमा सिनेट बैठक स्थगितसँगै कोभिड अस्पताल पूर्ण रुपमा सञ्चालन गर्न, धरानको लागि २५ वेडको आइसोलेसन बनाउन, स्थानीयलाई हरेक क्षेत्रमा कोटा छुट्याउनलगायतका १५ बुँदे माग राख्दै साउन २७ गतेदेखि आन्दोलन गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV