२९ श्रावण २०७७, बिहीबार

काठमाडौं, २९ साउन । पेरुमा कोरोना भाइरस संक्रमितहरुको संख्या तीब्र रुपमा बढ्न थालेपछि राष्ट्रपति मार्टिन विजकाराले परिवारका सदस्यहरुलाई समेत जम्मा हुन प्रतिबन्द लगाएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार पेरुमा थप पाँच क्षेत्रमा लकडाउन बढाइएको छ ।

पेरुको कुल २५ क्षेत्रमध्ये १५ क्षेत्रमा पहिल्यैदेखि लकडाउन लागू भइसकेको छ । ताजा आँकडा अनुसार पेरुमा बालबालिका र किशोर/किशोरीको संक्रमण रेट ७५ प्रतिशतले बृद्धि भइरहेको छ ।

हाल पेरुमा दैनिक सात हजार नयाँ कोरोना संक्रमितहरु थपिदै आएका छन्, भने करिब दुई सय संक्रमितले ज्यान गुमाइरहेका छन् ।

हालसम्म पेरुमा कोरोना संक्रमितको संख्या ४ लाख ९० हजार पुगेको छ, जसमध्ये २१ हजार भन्दा बढीको मृत्यु भइसकेको छ । (एजेन्सीको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्

LIVE TV