२९ श्रावण २०७७, बिहीबार

काठमाडौँ, २९ साउन । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा इनरर्व्हिल क्लब अफ कीर्तिपुरले पनि युवाहरुको समुहलाइ भर्चुअल जूम मार्फत् कार्यकम गरेको छ । कोरोनाके कहरकाबीच युवाहरुको मनोबल बढाउने उद्देश्यले इनरर्व्हिलले सो भर्चुअल कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रममा इनर्ह्विल क्लब अफ कीर्तिपुरको अध्यक्ष निता श्रेष्ठ तथा सबै सदस्यसमेतको उपस्थित थियो।

मिस नेवाः २०११ को विजेता सुनिता डंगोलको सञ्चालनममा भएको उक्त कार्यक्रममा युवा शक्तिलाई स्वदेशमा नै कसरी उपयोग गर्ने भन्ने विषयमा छलफल गरिएको थियो ।

कार्यक्रममा क्लबका पदाधिकारीहरु राष्ट्रियप्रतिनिधि इनरहविल बिजया लक्ष्मी श्रेष्ठ, जिल्ला अतिथि अध्यक्ष इनरविल सर्सिज पालिखे, जिल्ला अतिथि सचिव ज्ञानु श्रेष्ठ ज्यु, तत्कालीन अध्यक्ष इनारहविल क्लब अफ कीर्तिपुर राज्य लक्ष्मी वैदार, अध्यक्ष इनरहविल क्लब अफ कीर्तिपुर नीता श्रेष्ठ, लियो क्लब अफ गोङबुको अध्यक्ष एन्जल पाण्डे, तथा कार्यक्रम संयोजक हुम कुमारी राना भट्ट  र कार्यक्रम प्रस्तोता अनुष्का मानन्धर साथै ६७ जनाको उल्लेखनीय उपस्थिति थियो।

कार्यक्रममा प्रस्तोता सुनिता डंगोलले आफ्नो जीवनमा गरेको सङ्घर्ष तथा के गर्नै के नगर्ने, किन हार्ने, को संग र किन आफै जस्तो सुकै परिस्थितीमा केही गरेर किन नदेखाउने एउटा अठोटकसरी अगाडि बढ्ने भन्ने विषयमा आफ्ना धारणहरु व्यक्त गर्नुभएको थियो ।

साथै, उहाँले आफ्नो सरहना आफै किन सरहना, अरुलाइ सधैं स्याबास दिने, तर आफ्नो काम प्रति अरुको आस गर्नु हुन्न भन्ने जस्ता सोचाइ त्यागेर अगाडि बढ्न प्रेरित समेत गर्नुभएको थियो । उहाँले युवाहरुलाई सधै सकारात्मक सोचका साथ अगाडि बढ्न प्ररित समेत गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV