२९ श्रावण २०७७, बिहीबार
  • तारा आचार्य

विराटनगर, २९ साउन । विराटनगरको नोबेल शिक्षण अस्पतालका कोरोना संक्रमित एक चिकित्सकलाई काठमाण्डौं स्थित टिचिङ अस्पतालको आइसियुमा प्लाज्मा थेरापीबाट उपचार भइरहेको सो अस्पतालले जनाएको छ ।

आइसियुमा भर्ना भएका चिकित्सकको स्वासप्रश्वासमा समस्या आएर जटिल अवस्था भएपछि प्लाज्मा थेरापीबाट उपचार सुरुगरिएको नोबेल अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालले जानकारी दिनु भयो ।

गत शनिबार र आइतवारको रिपार्टमा नोबेल अस्पतालमा तीन जना चिकित्सक र एक जना नर्स गरी ४ जनामा कोरोना संक्रमण देखिएको थियो । दुईजना चिकित्सकलाई निमुनिया भएर स्वास्थ्यमा समस्या आएपछि सोमबार काडमाण्डौं स्थित टिचिङ अस्पतालको कोभिड उपचार केन्द्रमा लगिएको अधिकृत दाहालले जानकारी दिनु भयो । एक जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने एक जनालाई प्लाज्मा थेरापीबाट उपचार सुरु गरिएको बताइएको छ ।

उहाँले उपचार गराइरहेका चिकित्सकमा अक्सिजन रिक्वाइटमेन्ट बढेको कारण श्वासप्रश्वासमा समस्या भएको हुदा प्लाज्मा थेरापीबाट उपचार गर्नु परेको जानकारी दिनु भयो । कार्यरत चिकित्सक र नर्समा कोरोना देखिए पछि नोबेल अस्पतालको ओपिडि सेवा बन्द गरिएको छ भने उनिहरुको सम्पर्कमा आएका सवैजना कार्मचारी चिकित्सक र नर्सहरुको स्वाब संकलन भइरहेको अधिकृत दाहालले जानकारी दिनु भयो ।

प्लाज्मा थेरापीबाट विराटनगर स्थित विराटनगर अस्पतालका संचालक डाक्टर ज्ञानेन्द्रमान सिंह कार्कीको पहिलो पटक टिचिङ अस्पतालमा सफल सफल भई कोरोना मुक्त भएर डिस्चार्ज भएका छन् । विराटनगरमा स्वास्थ्यकर्मी हुदै दई सातामा समुदायमानै कोरोना संक्रमण फैलिएको छ । कोरोनाका कारण नगरपालिका भित्र ५ जनाको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या ३ सय ८२ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV