२९ श्रावण २०७७, बिहीबार
  • इरफान अली

वीरगञ्ज, २९ साउन । जिल्ला प्रशासन कार्यालय पर्साले जिल्ला भित्रको कोभिड-१९ सम्बन्धी अद्यावधिक विवरण सार्वजनिक गरेको छ । जिल्ला प्रशासन कार्यालय पर्साले साउन २८ गते सम्मको अधावधिक विवरण सार्वजनिक गरेको हो ।

पर्सामा पछिल्लो चैत महिना देखि हाल साउन २८ गते सम्म कोरोना संक्रमितको संख्या एक हजार एक सय एघार रहेको विवरणमा पेश गरिएको छ । कोरोना संक्रमित पुष्टि संख्यामा १५ जना भारतीय नागरिक, ८० जना स्वास्थ्यकर्मी, ५७ सुरक्षाकर्मी, ४ जना पत्रकार, ८३ कैदी, थुनुवा , २० जना अस्पताल सरसफाइकर्मी सहित एक हजार एक सय एघार संक्रमति रहेक छन् ।

चैत महिना देखि श्रावन २८ गतेसम्म चौध हजार आठ सय चौतीस जनाको पीसीआर चेकजाँचको लागि स्वाव संकलन गरिएको छ ।

जिल्लामा कोरोना संक्रमितको उपचार तथा व्यवस्थापनका लागी कोभिड अस्पतालमा २९ महिला, १३८ पुरूष सहित एक सय ६७,गण्डक कोभिड अस्पतालमा १० महिला, ५५ पुरूष सहित ६५ जना, वीरगंज हेल्थ केयर कोभिड अस्पतालमा १९ महिला, ८३ पुरूष सहित १०२ जना, सामुदायिक आइसोलेसन सेन्टर र सेमि आइसोलेसन सेन्टरमा २३९ जना जिल्लाभरी गरी आइसोलेसन सेन्टरमा ५०० भन्दा बढी बेड रहेका छन् ।

अस्पताल बाहेक वीरगंजको रानीपोखरी होटल आइसोलेसन बसपार्कमा ३४ जना, रानीसती धर्मशाला आइसोलेसनमा ४१ जना बीरगंज सिद्धार्थ स्कूल आइसोलेसनमा ३२ जना बीरगंज कारागार आइसोलेसन सेन्टरमा ३८ जना अन्य आइसोलेसन सेन्टरमा कूल जम्मा ९४ जना ,होम आइसोलेसनमा ३२५ जना रहेका छन् विवरणमा जनाईएको छ।

कोरोना कोभिड १९ को संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार व्यवस्थापनको लागि होम आइसोलेसन तथा केहि सामुदायिक आइसोलेसनको कार्यान्वयन चुनौतिपूर्ण देखिएकोले त्यसको सट्टा अर्को कोभिड अस्पताल तथा सामुदायिक आइसोलेसन सेन्टर संचालनमा जोड दिने आवश्यक तयारी अघि बढाइएको निमित्त सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले जानकारी दिनुभयो ।

चैत महिना देखि साउन २८ गतेका दिनसम्म कोभिड-१९ को कारण मृत्यु भएको संख्या १९ पुगेको छ । एकजना भारतीय र १ जना वेवारिसे, बाराबाट आएका २ , रौतहटको १ जना समेत गरी पर्सामा मृत्यु हुने संख्या २२ जना रहेको छ । कोरोना संक्रमण पुष्ठि भएका मृतकहरू अधिकांश दीर्घ रोगी एव्ं अन्य कुनै स्वास्थ्य समस्या भएका देखिन्छन् । कतिपय मृत्यु भइसकेपछि कोभिड पुष्टि भएका छन् भने कतिपय अन्य उपचारको लागि अस्पताल डुलाउँदा डुलाउँदा मृत्यु भएका छन् । आफूसमक्ष चेकजाँचका लागि आएका विरामीलाइ गेटबाटै नफर्काउन र उनीहरूको चेकजाँचमा जिम्मेवार बन्न सम्वन्धित अस्पतालहरूलाइ लिखित मौखिक निर्देशन दिइसकिएकोले अव त्यस्ता घटना नदोहोरिने बस्नेतले जानकारी दिनुभयो ।

यस्तै पर्सा जिल्लाबाट निको भइ घर फर्केका व्यक्तिको संख्या ४५ महिला ,१९८ पुरूष सहित २४५ जना रहेका छन् । जिल्ला भरी क्वारेन्टाइनमा कूल बेड क्षमता १२४५ रहेको छ भने हाल क्वारेन्टाइनमा बसेका व्यक्तिको संख्या ३७ महिला , १०२ पुरूष सहित १३९ रहेका छन् ।

मधेसमा रहेको खुल्ला सिमानाका कारण कोरोना संक्रमणको संख्या बढन् गएको छ ।देश कै अर्थिक नगरीबाट चिनिने पर्सा जिल्ला रहेको छ । देशका लागि अति आवश्यक समाग्री लगायतका दैनिक ४ सय देखि ५सय सम्मका विभिन्न ढुवानीको साधानहरू नेपाल प्रवेश गर्दा चालक, सहचालक तथा लोड, अनलोडमा संलग्न हुने कर्मचारीमा संक्रमणको उच्च जोखिममा रहेका छन् ।

बारा पर्सा औद्योगिक कोरिडोरका अधिकांश कर्मचारी कामदारको बासस्थान बीरगंज महानगर भएको छ भने प्रदेश नम्बर २ को एकमात्र महानगरको रूपमा रहेको वीरगंजमा स्वास्थ्य उपचार देखि विभिन्न प्रयोजनले विभिन्न जिल्लाका मानिसहरू यस जिल्लामा बस्ने गरेका छन् ।

पर्सा र बारा जिल्लाको लामो खुला सीमानाका कारण अनेक प्रयासका वावजुत लुकिछिपी मानिसहरूको आवातजावत रोक्न नसकिएको, नेपाल सरकारले उद्योग, कलकारखाना खोल्ने तथा विकास आयोजना संचालन गर्ने निणर्य गरेपछि मानिसहरूले कोभिड अन्त्य भएजसरी स्वास्थ्य र सुरक्षाका मापदण्डको पालना नगरी आफ्ना क्रियाकलाप संचालन गरिरहेको अवस्थामा पर्सामा पीसीआर चेकजाँचलाई तिव्र पारिएको र विद्यमान प्रोटकल अनुसार पीसीआर चेकजाँच नहुनेहरूलाई पनि पेड पीसीआर चेकजाँचको सुविधा दिइ चेकजाँच गराइएकोले कोभिड १९ को संक्रमितको संख्या धेरै देखिएको हो ।

कोभिड अस्पताल संचालन ९पिपिपि मोडलमा समेत०, आइसोलेसन सेन्टर संचालन ९पिपिपि मोडलमा समेत० र तिनमा रहका बेड क्षमता , पिसि आर चेकजाँचको संख्यात्मक विवरण लगायतका कुराहरूमा देशका अरू जिल्लासँग तुलना गरेर हेरियो भने हाम्रा प्रयास अरूतिर भन्दा निकै प्रशंसनीय देखिने जिल्ला प्रसाशनको बुझाइरहेको छ ।

९परिस्थितिदेखि नआत्तिऔं । वास्तवमा अहिले पनि कोरोना समुदायमा फैलेसकेको नभएर घुसेको मात्र हो , यसलाइ फैलनबाट रोकौं । आपसी सहयोग, समन्वय र सहकार्यमा काम गर्न सकियो भने अवको केहि हप्तामा पर्सामा कोभिड १९ रोकथाम र नियन्त्रण सजिलै गर्न सकिनेछ र अरू जिल्लाको लागि हामी रोल मोडल बन्न सक्छौं । आशा छ सबैको साथ र सहयोग भएमा पहिला जस्तै अब पनि छिट्टै यसलाई नियन्त्रणमा लिई सहज अवस्थामा फर्कने छौं भन्ने विश्वास सहायक प्रमुख जिल्ला अधिकारीको धारणा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV