बूढानीलकण्ठ नगरपालिकामा १४ जनामा कोरोना पुष्टि



प्रकाशित मिति : Aug 12, 2020

काठमाडौं, २८ साउन । काठमाडौंको बूढानीलकण्ठ नगरपालिकामा एउटै परिवारका ८ जनासहित १४ जनालाई कोरोना पुष्टि भएको छ । बूढानिलकण्ठ नगरपालिकाका अनुसार वडा नं. १० पञ्चकन्या चोकका एकै परिवारका ८ जनामा कोरोना पुष्टि भएको हो ।

न्यूरोडमा व्यापार गर्ने ३८ वर्षीय एक पुरुषको परिवारका ८ जना सदस्यहरुमा कोरोना पुष्टि भएको जानकारी गराइएको हो । त्यस्तै, वडा नं ४ शिव मन्दिरका ३४ वर्षीय पुरुष, वडा नं ३ देउवा चोकका ३२ वर्षीय पुरुष, वडा नं ८ मण्डिखटारका ६ वर्षीय बालकमा कोरोना पुष्टि भएको हो ।

त्यस्तै, वडा नं १ फलवारी मार्गकी ३३ वर्षीया महिला, फुलवारी कोलोनीका ३५ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको जनाएको हो ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com