बुटवलमा कोरोना सङ्क्रमण समुदायमा देखिन थालेपछि भदौ ५ सम्म लकडाउन



प्रकाशित मिति : Aug 12, 2020

रुपन्देही, २८ साउन । बुटवलमा समुदायमा कोरोना सङ्क्रमण फैलिन थालेपछि लकडाउन गर्ने घोषणा गरिएको छ ।बुटवल उपमहानगरपालिका भित्र लकडाउनको बेला अत्यावश्यक बाहेक सबै सेवा बन्द गरिने छ ।उपमहानगरपालिकाको कार्यपालिका बैठकले साउन २९ बिहीबार राति १२ बजेदेखि भदौ ५ गते राति १२ बजेसम्म उपमहानगरभित्र लकडाउन गर्ने निर्णय गरेको छ ।

सरकारले लकडाउन हटाइएपछि मानिसहरुको भिडभाड बढेको र सामान्य सर्तकता समेत नअपनाएको कारण कोरोनाका संक्रमण फैलिदै गएपछि फेरि लकडाउन लगाएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com