राष्ट्र बैंकका एक कर्मचारीमा कोरोना पुष्टि, अन्य कर्मचारीको पनि परीक्षण गरिने



प्रकाशित मिति : Aug 12, 2020

काठमाडौं, २८ साउन । नेपाल राष्ट्र बैंकका एक कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बुधबार राष्ट्रबैंक अन्तर्गतको मुद्रा व्यवस्थापन विभाग, बालुवाटारमा रहेका एक कर्मचारी कोरोना पुष्टि भएको हो ।

सो कर्मचारीलाई कोरोना पुष्टि भएपछि बैंकको मुद्रा व्यवस्थापन विभाग सिल गरिएको जानकारी गराइएको छ । संक्रमित कर्मचारीसँग काम गर्ने अन्य कर्मचारीको पनि परीक्षण गरिने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com