अग्रपंक्तिमा काम गर्ने चिकित्सक/स्वास्थ्यकर्मीहरुले अनिवार्य पीसीआर परीक्षण गर्नुपर्ने



प्रकाशित मिति : Aug 12, 2020

काठमाडौं, २८ साउन । स्वास्थ्य तथा जनंख्या मन्त्रालयले अग्रपंक्तिमा काम गर्ने चिकित्सक/स्वास्थ्यकर्मीहरुलाई अनिवार्य पीसीआर परीक्षण गराएर मात्रै कामकाजमा लगाउन अस्पतालहरुलाई निर्देशन दिएको छ ।

मन्त्रालयले आज एक विज्ञप्ती जारी गर्दै चिकित्सक, स्वास्थ्यकर्मीहरुलाई संक्रमित हुनबाट जोगाउन र उनीहरुबाट सर्बसाधारणहरुलाई संक्रमण हुनबाट जोगाउन फ्रन्टलाइनमा काम गर्ने सबै चिकित्सक/स्वास्थ्यकर्मीहरुलाई अनिवार्य पीसीआर परीक्षण गराउन आग्रह गरेको हो ।

जारी विज्ञप्तीमा भनिएको छ, ‘यस्तो अवस्थामा हामीसँग विभिन्न अस्पतालहरुमा भएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई स्वस्थ राखी नियमित स्वास्थ्य सेवाहरु प्रभावहमा कठिनाई हुन नदिने उपायहरु गर्दै जानु सबै जिम्मेवार निकायको कतव्र्य हो ।’

यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छुट्टै सूचना जारी गर्दै कोरोना महामारीको जोखिम बढेकाले सपिङ मल, रेस्टुराँ, होटल आदि उद्योग, व्यवसाय सञ्चालन गर्नेहरुले आफ्नै खर्चमा पीसीआर परीक्षण गर्न आग्रह गरेको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com