उद्दार उडान सुरु गरिएको लगभग २ महिनामा ५० हजार अलपत्र नेपालीको उद्दार



प्रकाशित मिति : Aug 12, 2020
  • प्रशान्त ठाकुर,

काठमाडौं, २८ साउन । विभिन्न कारणले विदेशमा अलपत्र परेका नेपालीहरुलाइ उद्दार उडान मार्फत नेपाल ल्याईंदैछ । जुन १५ देखि हालसम्म ५० हजार भन्दा बढी नेपाली स्वदेश फर्किएका छन । विदेशमा अलपत्र परेका नेपाली राजदूतावास मार्फत आवेदन दिएर नेपाल फर्किन पाउँछन ।

सरकाले भिसा अवधि सकिएका, गैरकानुनी रूपमा बस्दै आएका, अपांग, बिरामी, गर्भवती महिला तथा रोजगारी गुमाएका लगायत जोखिममा रहेकालाई उद्दार उडान मार्फत स्वदेश ल्याउँदै छ ।

नेपाल फर्किन चाहनेले सम्बन्धित देशमा रहेको नेपाली राजदुतावासमा सम्पर्क गरेर वा कोभिड १९ संकट व्यवस्थापन केन्द्रको वेबसाइट मार्फत अनलाइन फर्म भनुपर्ने छ । केहि समय उद्धार रोकिए पनि अहिले निरन्तरता दिइएको कोभिड १९ संकट व्यवस्थापन केन्द्रका संयोजक महेन्द्र गुरागाईको भनाइ छ ।

हाल सम्म कुन देश बाट कति नेपाली फर्किए ?

  • युएई–१४ हजार ६५ जना,
  • साउदी अरब–७ हजार ८ सय १७ जना,
  • मलेशिया–७ हजार ६ सय ६ जना,
  • कतार–५ हजार ८ सय ४६ जना,
  • कुवेत–६ हजार ३ सय २९ जना,
  • अन्य–२१ हजार ६७ जना,
  • जम्मा ५० हजार १ सय ३० जना,

त्यस्तै, विदेशमा विभिन्न कारणले ज्यान गुमाएका २ सय ६२ जनाको शव पनि ल्याइएको छ । अहिले विभिन्न देशबाट नेपाल फर्किनका लागि करिब ४५ हजार भन्दा बढिले आवेदन दिएका छन ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com