२८ श्रावण २०७७, बुधबार
  • युवराज श्रेष्ठ

रामेछाप, २८ साउन । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछापले प्रधान गर्दै आएको उत्कृष्ट आदिवासी जनजाति पत्रकारीता वर्ष पुरस्कार प्रदान गर्न पत्रकार सुमित श्रेष्ठले ५० हजार रुपैयाँको अक्षयकोष स्थापना गर्ने घोषणा गर्नुभएको छ ।

फोनिजको २१ औं स्थापना दिवसका दिन फोनिज रामेछापले मंगलबार आयोजना गरेको उत्कृष्ट आदिवासी जनजाति पत्रकारीता वर्ष पुरस्कार २०७७ वितरण तथा चियापान कार्यक्रममा पत्रकार श्रेष्ठले अक्षयकोष स्थापना गर्ने घोषणा गर्नुभएको हो ।

पत्रकार श्रेष्ठले फोनिज रामेछापले वार्षिक रुपमा प्रदान गर्दै आएको पुरस्कारका लागि अक्षय कोष स्थापना गर्ने घोषणा गरेका हुन् । जिल्लामा रहेर आदिवासी जनजातिको हकहितको क्षेत्रमा कलम चलाउने पत्रकारलाई फोनिज रामेछापले वार्षिक रुपमा प्रदान गर्दै आएको पुरस्कारको निरन्तरताका लागि सहयोग पुगोस् भन्ने हेतुले अक्षयकोष स्थापना गरि सहयोग गर्न लागेको श्रेष्ठले बताउनुभयो ।

फोनिज रामेछापका संस्थापक समेत रहेका पत्रकार श्रेष्ठ विगत २१ वर्षदेखी रामेछाप जिल्लामा निरन्तरण पत्रकारीतामा सक्रिय रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV