२८ श्रावण २०७७, बुधबार
  • देवराज पन्त,

मकवानपुर, २८ साउन । पछिल्लो समय मकवानपुरको हेटौंडासहित जिल्लाका विभिन्न स्थानमा कोरोना संक्रमित ह्वात्तै बढेपछि जिल्ला प्रशासन कार्यालयले जिल्लाको अति जोखिम क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।

यही साउन २६ गते राति १२ बजेबाट साउन ३२ गते राति १२ बजेसम्म लागू हुनेगरी निषेधाज्ञा जारी गरिसकेको छ । स्थानीय प्रशासनले हेटौंडा उपमहानगरपालिकाको १९ वटै वडा र मनहरी गाउँपालिकाको पूर्वपश्चिम राजमार्गको दायाँबायाँ ५ सय मिटरको क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।

स्थानीय प्रशासनले निषेधाज्ञा लागू गराउन नेपाली सेना, सशस्त्र प्रहरी बल र जनपद प्रहरी परिचालन गरेको छ । यस अवधिमा अति आवश्यकीय बाहेकका सबै बन्द गरिएको छ ।

स्थानीय प्रशासनले दैनिक आवश्यक खाद्यान्न लगायतको किनमेलका लागि विहान ५ बजेबाट ९ बजेसम्म आवतजावतमा खुकुलो बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV