२८ श्रावण २०७७, बुधबार
  • सन्तोष काफ्ले

सुनसरी, २८ साउन । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको कार्यकक्षका ताला बन्दी गरेका प्रति चिकित्सा तथा दन्त –चिकित्सा शिक्षक कल्याण समाजले आपत्ति जनाएको छ । प्रतिष्ठानमा कार्यरत चिकित्सक तथा शिक्षकहरुको छाता संस्था समाजले आज एक विज्ञप्ति जारी गर्दै प्रतिष्ठानका उपकुपतिको कार्यकक्षमा गरेको ताला बन्दिको निन्दा गर्दै आपत्ति जनाएको हो ।

समाजले प्रतिष्ठान विशुद्ध शैक्षिक तथा स्वास्थ्य संस्थाको भएकोले यसलाई कुनै पनि दल तथा भातृ संगठनलाई क्रिडा स्थल नबनाउन समेत आग्रह समेत गरेको छ । समाजका अध्यक्ष डाक्टर विष्णु पोख्रेल र महासचिव एसपी रिमालले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ कुनैपनि बहानामा कुनै अमुक पार्टीका भातृ संगठन छिर्नू अनि उपकुलपतिको कार्यलयमा ताला लगाउनु निन्दनीय छ ।”

प्रतिष्ठान जस्तो शैक्षिक तथा स्वास्थ्य क्षेत्रलाई राजनितिक क्रिडा स्थल नवनाउन आग्रह गर्दै प्रतिष्ठानलाई कुनै सल्लाह सुझाव दिनु पर्ने भए या कुनै असहमति भए सम्वन्धित ठाउँमा लिखित रुपमा राख्न तथा जानकारी गराउनु विज्ञप्ति मार्फत समाजले आग्रह गरेको छ ।

प्रतिष्ठानमा कुनै पनि राजनितिदलको हस्तक्षेप मान्य नहुने भन्दै समाजले कुनै पनि दल या भातृ संगठनको हस्तक्षेप हुने वातावरण बनाउनु सबै सग आग्रह गरेको छ । साथै, समाजले विज्ञप्ति मार्फत बिरामी र स्वास्थ्यकर्मीको आवश्यक सुरक्षा आवश्वस्त पार्न विज्ञहरुले दिएको निर्देशन हुवहु पालनमा गरी कोभिड अस्पताल सञ्चालन गर्न प्रतिष्ष्ठान व्यवस्थापन गर्न माग समेत गरेको छ ।

अगामी ३० गते हुन लागेको प्रतिष्ठानको सिनेट बैठक स्थगित गर्न माग गर्दै मंगलबार नेपाली कांग्रेस निकट नेपाल तरुणदलले प्रतिष्ठानका उपकुपतिको कार्यकक्षका तालाबन्दी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV