२८ श्रावण २०७७, बुधबार
  • राजन परियार

सिन्धुली २८, साउन । जिल्ला प्रहरी कार्यालय सिन्धुली अन्तरगत कार्यरत पाँच जना प्रहरी घुस लिएको अभियोग निलम्वनमा भएका छन् । आर्थिक प्रलोभनमा परि आफुलाई दिईएको जिम्मेवारी इमान्दारीताका साथ निर्वाह नगरेको भन्दै बागमती प्रदेश प्रहरी कार्यालयले सिन्धुली अन्तरगत कार्यरत पाँच प्रहरीलाई निलम्बन गरी अनुसन्धान थालिएको छ ।

गत साउन २१ गते सवारी चालकहरुसंग विभिन्न वहानामा रकम लिदै गरेको अवस्थामा प्रदेश प्रहरीले भेटिएपछि नियन्त्रणमा लिएर उनीहरूमाथि थप अनुसन्धान गर्न निलम्बन हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुली, ईलाका प्रहरी कार्यालय भिमान र खुर्कोट, प्रहरी चौकी ढुंग्रेबास र अस्थायी ट्राफिक प्रहरी पोष्ट भिमानमा कार्यरत पाँच प्रहरीलाई निलम्बन गरेको हो । प्रहरी हबल्दार राजकुमार श्रेष्ठ, प्रहरी हबल्दार राम कुमार थापा, डोर बहादुर कार्की, प्रहरी जवान कुमार बाबु सिंह र धिरेन्द्र साह निलम्बनमा परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

निलम्बित प्रहरीमाथी प्रदेश प्रहरी कार्यालय हेटौंडाले प्रहरी नायव उपरीक्षक बिज्ञान बस्नेतको संयोजकत्वमा रहेको तीन सदस्यीय छानविन समितिले अनुशन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV