२८ श्रावण २०७७, बुधबार
  • तारा आचार्य

विराटनगर, २८ साउन । प्रदेश १ मा बुधबार ४८ जना कोरोना संक्रमित थपिएका छन् भने ४ जना डिस्चार्ज भएको प्रदेश सरकार सामाजिक विकास मंत्रालयले जनाएको छ । मोरंगका २४, सुनसरीका १४, झापाका ९ र प्रदेश १ बाहिरका १ जनामा पोजेटिभ पाइएको सो मंत्रालयले जनाएको छ ।

मोरङको विराटनगरका १२ पुरुष, रंगेलीका ७ पुरुष ३ महिला, स्थानीय तह नखुलेका २ पुरुष, सुनसरीको धरानका ५ पुरुष ४ महिला, दुहवीका ३ र कोशी गाउँपालिका २ पुरुष, झापाको मेचीनगरका ३ पुरुष ३ महिला, भद्रपुरका ३ पुरुष र रौतहटको गौरका १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सो मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार ६ सय ११ पुगेको छ भने डिस्चार्ज हुनेको संख्या १ हजार १८ पुगेको छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत सुनसरीका ४ जना डिस्चार्ज भएका हुन । प्रदेश १ मा वुधबार १ हजार ८ सय ७८ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १० महिला ३८ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा बुधबार सम्म ७ जनाको भृत्यु भएको सामाजिक विकास मंत्रालयले जानकारी दिएकोे छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV