२८ श्रावण २०७७, बुधबार

काठमाडौँ, २८ साउन । कञ्चनपुरमा क्वारेन्टाइननमा बसेकी महिलाको करेन्ट लागेर विषयलाई लिएर प्रहरी र पीडित पक्षबीच झडप भएको छ । कञ्चनपुर कृष्णपुर नगरपालिकाकाे– ६ महाकाली माध्यमिक विद्यालयमा बसेकी २२ वर्षीया राधा वडको करेन्ट लागरे मृत्यु भएपछि आज प्रहरी र पीडित पक्षबीच झडप भएको हो ।

ठुलाे संख्यामा आएको पीडित पक्ष र प्रहरीबीचको झडप साम्य गराउन प्रहरीले हवाइ फाइरिङ्ग र अश्रुग्यास प्रहार गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार ती महिलालाई नुहाउने क्रममा करेन्ट लागेको थियो।

करेण्ट लागेर घाइते भएकी वडको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो । ती महिला मंगलबार मात्रै भारतको बैंङलोरबाट श्रीमानसँगै कञ्चनपुर फर्केर क्वारेन्टाइननमा बसेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्

LIVE TV