२८ श्रावण २०७७, बुधबार
  • सुमन कार्की

पाल्पा,२८ साउन । पश्चिम नेपालकै सवै भन्दा ठूलो श्री ७ रणउजिश्वरी भगवतीको २०२ औ रथयात्रा मन्दिर परिसरमै सीमित गरी मनाइएको छ । यसपटक कोरोना भारस संक्रमणको कारण रथयात्रा मन्दिर परिसर बाहिर ननिकालिएको हो ।

नेपाल अंग्रेजबीचको वि.स.१८७६ भएको युद्धमा पाल्पाली फौजका कमाण्डर कर्णेल उजिर सिं थापाको नेतृत्वमा जितगढीमा अग्रेज फौजमाथि विजय हासिल गरेको उत्सवकोरुपमा वि.स. १८७७ देखि यो रथयात्रा विजय मनाउन थालिएको हो ।

रथयात्राको दिन भगवती मन्दिर र रथयात्राको अवलोकन गर्न हजारौ भक्तजनहरुको भीड लाग्ने गरेको थियो । तर, यस पटक नेपाली सेना, नेपाल प्रहरी, सुरक्षा अंगका प्रमुखको मात्र सहभागिता रहेको थियो ।

जात्राको दिन विहान भगवती माताको तान्त्रिक विधिद्धारा पूजा सम्मन गरिसकेपछि हर्षबढाईसहित पञ्चवलीको विकल्पमा कुभिण्डोको वलि दिएर भगवतीको प्रतिमूर्ति मन्दिरको तीन पटक परिक्रमा गराई पुनः मन्दिरमै भित्रयाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV