२८ श्रावण २०७७, बुधबार

काठमाडौं, २८ साउन । नेपाल तरुण दल केन्द्रीय समितिले ‘वृद्धावस्था व्यवस्थापन तथा सामाजिक कल्याण गुठी (आमा घर) कालिमाटी रवि भवनमा फलफुल तथा स्वास्थ्य सामग्री वितरण गरेको छ ।

नेपाली कांग्रेसका तत्कालीन पार्टी सभापति एवं पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको ८१ औं जन्म जयन्ती तथा अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नेपाल तरुण दल केन्द्रीय समितिले उक्त सामग्री वितरण गरेको हो ।

कोरोना महामारीको उच्च जोखिमलाई मध्यनजर गर्दै तरुण दलले सामाजिक दूरी कायम गरी उक्त सामग्री वितरण गरेको हो ।

फलफूल एवं स्वास्थ्य सामग्री वितरण कार्यक्रममा नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जित जंग बस्नेत, उपाध्यक्ष उत्तम चापागाईं, कोषाध्यक्ष विद्वान गुरुङलगायतको उपस्थिति रहेको थियो ।

सोही कार्यक्रममा सहयोग पु¥याइदिएको भन्दै नेपाली कांग्रेस ललितपुर जिल्ला कार्यसमितिका आ. सदस्य सन्तोष राज केसी र नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य रवि थापालाई नेपाल तरुण दल केन्द्रीय समितिले धन्यवाद दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV