२८ श्रावण २०७७, बुधबार
  • मनिराज पाण्डे

कालिकोट । जिल्लास्थित स्थानीय सरकारले निर्माण गरेका बिभिन्न सडक निर्माणका काम हिडेदै छ पाइला मेट्दै छ भनेको केहो भन्ने गाँउखाने कथा झैँ भएका छन् । जिल्लाका स्थानीय तहले यस बर्ष निमार्ण गरेका खाँडाचक्र नगरपालिका ३ ताडीको कृषि सडक निर्माण भएको महिना दिन नपुग्दै सबै भत्किएका छन् ।

स्थानीय तहले निर्माण गरेका सडक भत्किएपनि सडक निर्माणको लागि गएको डोजर सडक निर्माण स्थलमै अड्किएको छ । खाँडाचक्र नगरपालिकाले वडा नं. १ देखि ४ वडा सम्मका नागरिकहरुलाई खानेपानी पु¥याउन स्थानीय सामाग्री ढुवानी गर्ने उद्देश्यले कृषि सडक निर्माण गरिएको हो ।

निर्माण उपभोक्ता समिति कागज पत्रमा सिमित
सडक निर्माण उपभोक्ता समिति स्थानीय सरकारको कागज पत्रमा मात्र सिमित बनेको छ । सडक निमार्णका लागि निर्माण गरिएको उपभोक्ता समितिका सदस्यहरु एकजनाले अर्को जनालाई नै चिन्दैनन् ।

स्थानीय तहहरुले विकास निर्माणको काम गर्दा उपभोक्ता समिति मार्फत गर्नुपर्ने हुन्छ । तर यहाँका स्थानीय सरकारले उपभोक्ता समितिलाई कागजपत्रमा मात्रै सिमित बनाउँदा विकास सुस्त हुनुको साथै भएका विकासबाट पनि विनाश भित्रिएका छन् । बैठक बसेपनि सबै कागज पत्रहरु कृते तयारी गरिएका छन् ।

आफुखुशी निर्णय गर्दै स्थानीय सरकारका कर्मचारी
स्थानीय जनतालाई भेला गर्दा कोरोना संक्रमण फैलिने भन्दै स्थानीय सरकारका कर्मचारी र प्रतिनिधिहरुले आफुखुशी निर्णय गरेर खानेपानी सव डिभिजन कार्यालय जुम्लाबाट प्राप्त ६० लाख बजेट खर्च गरेको बुझिएको छ ।

सडक निर्माण गर्दा आवश्यक पर्ने वातावरणीय अध्ययन प्रतिवेदन समेत यहाँका स्थानीय तहले नबनाउने गरेका बुझिएको छ ।
जिल्लाका धेरै स्थानीय तहले निर्माण गरेको सडकले बिपत्ती समेत निम्त्याएको छ । यसरी सडक निर्माण गर्दा सरकारको दोहोरो बजेट खर्च हुनुका साथै बाढी पहिरो बढ्दै गएकोे स्थानीयले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV