२८ श्रावण २०७७, बुधबार

काठमाडौं, २८ साउन । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा विश्व हिन्दु युवा संघले पशुपतिको मृगस्थलीमा वृक्षरोपण गरेको छ। वृक्षरोपण कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउद, बिश्व हिन्दु महासंघका अध्यक्ष रामचन्द्र अधिकारी, बिश्व हिन्दु युवा संघका अध्यक्ष ऋषिकेश जंग शाह, कांग्रेस नेता बिष्णु धिताल लगायतको उपस्थिती रहेको थियो ।

वृक्षरोपण कार्यक्रममा बोल्दै कांग्रेस नेता एनपी साउदले धर्म भनेको नैतिकताको कडी भएको भन्दै यदि संसारमा कुनै पनि धर्म नभएको भए नैतिकता नै नहुने बताउनु भएको थियो । साउदले धर्मले जीवन शान्ति सुख र सदाचारको बाटो डोर्‍याएको बताउनुभयो । यस्तै, बिश्व हिन्दु महासंघका अध्यक्ष रामचन्द्र अधिकारीले नेपाललाई हिन्दुराष्ट्र घोषणा गर्न ढिलो गरे भोलि नेपालको आफ्नो अस्तित्व र संस्कृतिनै समाप्त हुने भन्दै तत्काल नेपाललाई हिन्दुराष्ट्र घोषणा गर्न सरकार र राजनैतिक दललाई सुझाव दिनुभएको थियो ।

उक्त कार्यक्रममा विश्व हिन्दु युवा संघका अध्यक्ष ऋषिकेश जंग शाहले आफुले हिन्दु धर्म भित्र रहेको अर्थनीतिले देश विकासमा कायापलट पार्ने भन्दै त्यतातिर सबै राजनैतिक दललाई लाग्न आव्हान गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV