२८ श्रावण २०७७, बुधबार
  • बाल बिक्रम कार्की

रौतहट, २८ साउन । रौतहटमा समुदायस्तमा नै कोरोना संक्रमण देखिने क्रम जारी रहेको छ । जिल्लाको उत्तरी भेगमा रहेको चन्द्रपुर नगरपालिकामा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस अघि दक्षिणी भेगमा रहेका गौर र राजदेवी नगरपालिका, मध्यभागमा रहेका कटहरिया र गरुडा नगरपालिकामा समुदाय स्तरमा संक्रमण देखिएको हो ।

चन्द्रपुर नगरपालिका पुष्टि भएका मध्ये ३ जना यसअघि संक्रमण पुष्टि भएका एक ३९ वर्षीय पुरुषको कन्ट्याक टे«सिङ्गमा परेका भएको चन्द्रपुर अस्पतालका जनस्वास्थ्य निरीक्षक मात्रिका चालिसेले जानकारी दिनुभयो । त्यसैगरी बाँकी २ जना संक्रमित मध्ये एकजना पुरुष चन्द्रनिगाहपुर चोकमा व्यवसाय संचालन गर्ने र चन्द्रपुर–९ कि एकजना युवती रहेको खुलेको छ ।

चालिसेका अनुसार जम्मा १ सय १७ जनाको स्वाब संकलन गरेर हेटौडा स्थित प्रयोगशालामा पठाइएकोमा ५ जनामा संक्रमण देखिएको हो । संक्रमण पुष्टि भएकाहरु सबैको कन्ट्याक ट्रेसिङ्ग सुरु गरिएको छ ।

चन्द्रनिगाहपुर चोकमा फर्निचर र फेन्सिको व्यवसाय गर्दै आउनुभएका संक्रमित व्यवसायीले सामाजिक संजाल फेसबुक मार्फत ५ दिन अगाडि आफुलाई ज्वोरो आएर पीसीआर परिक्षण गर्दा पोजेटिभ देखिएकाले एकहप्ता अघिसम्म आफ्नो प्रत्यक्ष सम्पर्कमा आएकाहरुलाई होम आइसोलेसनमा बसेर पीसीआर परिक्षण गर्नु अनुरोध गर्नुभएको छ ।

उहाँका अनुसार हाल आफ्नो स्वास्थ्य स्थिती सामान्य रहेको भन्दै आफ्नो उच्च मनोवलले चाँडै नै कोरोनालाई परास्त गरेर फर्कने आत्मविश्वास व्यक्त गर्नुभएको छ । संक्रमण पुष्टि भएका पाँचैजनालाई चन्द्रपुर २ मा रहेको अस्थायी कोभिड अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV