२८ श्रावण २०७७, बुधबार
  • भगतराम थारु

नेपालगञ्ज, २८ साउन । बुधवारको भारी बर्षाका कारण बाँकेको अधिकांश स्थान डुवान हुने खतरा बढेको छ । भारी बर्षाका कारण नेपालगञ्ज उपमहानगरपालिका ७ को अधिकांश टोल डुवानमा परेको छ । भारी बर्षाका कारण नेपालगञ्ज ७ का गगनगञ्ज, रानीतलाउ नजिकका टोल डुवानमा परेका छन् ।

वडाको लापरवाहीले टोल नै डुवान भएको स्थानीयवासीले जनाएका छन् । समयमै नाली निर्माण नहुँदा डुवानबाट समस्या झेल्न परेको उनिहरुको गुनासो रहेको छ। रातभर बर्षाका कारण बाँकेको राप्ती नदि र डुडुवा खोलाको सतह बढ्ने भएको हुनाले सचेत रहन जिल्ला प्रशासन कार्यालय बाँकेले आग्रह गरेको छ ।

रातभर वर्षका कारण बाँकेका होचा स्थानमा डुवान हुनसक्ने सम्भावना देखिएको छ । बुधबार बिहानपख बाँकेको कुसुम, नेपालगञ्ज, कोहलपुर, खजुरा, नौवस्ता लगायत धरै स्थानमा अतिभारी बर्षा मापन गरिएकाले डुवानको सम्भावना रहेको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । स्थानीय मानखोला, डुडुवाखोलाका साथै राप्ती नदिको जलसतह बढ्ने र अकस्मात बाढि आउने देखिएकाले जिल्लावासिलाई सचेत रहन प्रशासनले आग्रह गरेको छ ।

जिल्लाका डुबान भईरहने होचा स्थानमा विहान १० बजे सम्म सतर्क रहन प्रशासनले आग्रह गरेको हो । डुवानको खतरा बढ्ने सम्भावना रहेको हुनाले विहान १० बजेसम्म आफुलाई पायक पर्ने ठाउँमा रहन बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले जानकारी गराउनुभयो । बुधवार बर्षाका कारण नेपालगञ्जको धम्बोझी, वेलासपुर, भृकुटीनगर, घरवारीटोलका अधिकांश स्थानका घरमा पानी परेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV