२८ श्रावण २०७७, बुधबार

विराटनगर, २८ साउन । प्रदेश १ सभा सदस्य कुशुम श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ । इटहरी बस्दै आउनु भएको नेकपाका सांसद श्रेष्ठलाई वुधबार कोरोना संक्रमण पुष्टि भएको हो ।

सांसद श्रेष्ठलाई केही दिन अगाडि स्वास्थ्यमा समस्या र ज्वरो आएका कारण स्वाब टेष्ट गर्दा पोजेटिभ आएको हो । प्रदेशसभा सदस्यहरुमा संक्रमण भेटिएको श्रेष्ठ पहिलो सांसद हो ।

उहाँले सामाजिक सञ्जाल फेसबुकबाट पनि आफूलाई कोरोना संक्रमण भएको जानकारी दिनुभएको छ ।  उहाँले फेसबुकमा लेख्नुभएकाे छ- काेभिड-१९ को महामारीबाट अछुतो रहन सकिएन । २४ गते स्वाब परीक्षण गराएको थिएँ, आज रिपोर्ट पोजेटिभ आएछ। नयन जि र मसगँ एक हप्ताभित्र सम्पर्कमा रहनु हुने सम्पूर्ण महानुभाबहरु सचेत र सजग रहनु होला।’

उहाँले आफ्नाे स्वाथ्य अवस्था राम्रो रहेको र स्वास्थ्यमा कुनै समस्या नआएको बताउनु भयो । उहाँले कोरोना सामान्य भएकाले यसमा आत्तिहाल्न नुहने बताउनु भएको छ र उहाँ अहिले इटहरी स्थित आफ्नै डेरामा आराम गरिरहनु भएको छ ।

उच्च ओदाका व्यक्तिहरुमा यस अघि प्रदेश १ का मुख्य न्यायधिवक्ता चुडामणि आचार्यसहित उहाको परिवारलाई कोरोना पुष्टि भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV