२८ श्रावण २०७७, बुधबार

काठमाडाैं, २८ साउन । नेपालको अग्रणी औद्योगिक प्रतिष्ठान हिमगिरि हाइजिन प्रा. लि. ले नेपालमा पहिलो पटक नेटबायोकेम डिएसएस भित्रयाएको छ । काेराेनाभाइरस जस्ता किटानुलाई २ मिनटमै मार्न सक्ने क्षमता भएको अस्ट्रेलियन प्रविधिद्वारा निर्मित तथा एरोस्पेश मेडिकल एशोसिएशनद्वारा प्रमाण्तिनेटबायोकेम डिएसएस फोहर अवस्थामै काेराेनाभाइरस जस्ता भाइरसहरुलाई मार्दछ ।

गैर ज्वलनशील र जोखिम मुक्त उच्चस्तरिय कीटाणुनाशकनेटबायोकेम डिएसएस उद्योग प्रतिष्ठान, संस्थागत कार्यालय, एयरपोर्ट, स्वास्थ्य सेवा, विद्यालय तथा कलेज, यातायातका साधन, मल, पसल, सिनेमा ह‘ल, होटल, रेस्टुरेन्ट, एयरक्राफ्ट तथा घरमा समेत नेटबायोकेमको प्रयोग स्प्रे गरेर, कपड़ामा भिजाएर वा फोगिंगको माध्यमले सफाइ गर्न सकिन्छ ।

सफाइ गर्दा भिजेको ठाउँलाई कम्तिमा दुई मिनेट सम्म त्यतिकै छोडेर पुनः सुक्खा कपडाले पुछ्नु पर्दछ । त्यस्तै फोगिंगको प्रयोग गर्दा सानो सानो छिद्र भएका झ्याल ढोका समेत बन्द छ कि छैन राम्ररी हेरी मात्र फोगिंग गर्नु पर्छ । जैविक सामग्री वा माटोको उपस्थितिमा समेत यसको राम्रो प्रदर्शन रहेको छ ।

नेटबायोकेम कपडा, प्लाष्टिक, धातु, रबरसहित अन्य कुनै पनि सामग्री वा सतहमा कुनै किसिमको हानी नोक्सानी गर्दैन । मानव स्वास्थ्यको लागि चिन्ताको विषय भएको एस्परगिलस नाइजर प्रजाति बिरुद्ध प्रभावकारिता प्रदर्शन गरेकोले नियमित रुपले सबै छिद्र वा अर्ध छिद्रयुक्त सतहहरुको सर–सफाइ गर्नको लागि ल्भतदष्यपझ म्क्ब्ः को सिफारिस गरिएको छ ।

यसको प्रभावकारितालाई ध्यानमा राखि नेपाल र नेपालीको लागि समयानुकुल स्वच्छ र स्वस्थ्य सरसफाईको लागि हिमगिरि हाइजिन प्रा. लि. ले ल्भतदष्यपझ म्क्ब्ः नेपाल भित्राएको छ । यो ५ लिटर र २५ लिटरको पैकमा उपलब्ध रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV