कारोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा ३ करोड ४६ लाख रकम जम्मा



प्रकाशित मिति : Aug 11, 2020

काठमाडौं, २७ साउन । नेपाल बैंकले हरेक बर्ष आफ्नो मुनाफाको एक प्रतिशत बराबरको रकम संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्दै आएको छ । उक्त कोषमा जम्मा भएको रकम नेपाल राष्ट्र बैंकले निर्देशन गरे बमोजिम विभिन्न आर्थिक, सामाजिक, सांस्कृतिक, प्राकृतिक प्रकोप, शिक्षा, स्वस्थ्य, सरसफाई, वातावरण संरक्षण तथा अन्य सामुदायिक हित संरक्षण लगायतका क्षेत्रहरुमा खर्च गर्दै आएको छ ।हाल देशभर फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोकथाम र नियन्त्रण तथा कोरोना भाइरसका कारणबाट सृजना हुन सक्ने जोखिम न्युनीकरण तथा व्यवस्थापनका लागि नेपाल सरकारले चालेका कदममा साथ दिन मौद्रिक नीति, २०७७/७८ मा भएको व्यवस्था तथा नेपाल राष्ट्र बैंकबाट भएको निर्देशन अनुसार यस बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कोषमा मौज्दात रहेको ३ करोड ४६ लाख रुपैयाँ रकमको चेक नेपाल सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा जम्मा हुने गरी अर्थमन्त्री डा.युवराज खतिवडालाई  बैंक सञ्चालक समितिका अध्यक्ष  वासुदेव अधिकारीले हस्तान्तरण गरे । ।

उक्त चेक हस्तान्तरण कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना संक्रमण रोकथाम र नियन्त्रण गर्ने नेपाल सरकारको प्रयासमा नेपाल बैंकले पुर्याएको महत्वपूर्ण सहयोगका लागि धन्यवाद दिए ।  उक्त कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष  वासुदेव अधिकारीले सरकारले चालेका कदमहरुमा बैंकको सदैव साथ रहने र कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि नेपाल बैंकले सवै भन्दा पहिला सहयोगको घोषण गरेको र हालसम्म संघिय सरकारको कोषमा रु. ४ करोड ४६ लाख र प्रदेश सरकारहरुलाई रु. ५ लाखका दरले रु. ३५ लाख गरी कुल रु. ४ करोड ८१ लाख आर्थिक सहयोग प्रदान गरिएको जानकारी गराए ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com