पूर्वमन्त्री बस्नेतका बाबुमा दाहसंस्कारपछि कोरोना पुष्टि



प्रकाशित मिति : Aug 11, 2020

काठमाडौं, २७ साउन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वसूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतका ८४ वर्षीय बुवामा निधनपछि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । टिचिङ अस्पतालमा ज्यान गुमाएका खड्गबहादुर बस्नेतमा मंगलबार कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले बस्नेतको पीसीआर परीक्षणका क्रममा नतिजा पोजेटिभ आएको पुष्टि गरेको छ । बस्नेतका बुवामा निधनपश्चात कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि दाहसंस्कारमा सहभागी भएका सबैलाई घरमै क्वारेन्टिनमा बस्न नगरपालिकाले आग्रह गरेको छ ।

बस्नेतले शिक्षण अस्पतालमा उपचारका लागि लैजादा उनको बुवामा  सुरुमा पीसीआर नेगेटिभ देखिएको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमाफत भनेका छन्,’ ८४ वर्षिय पुजनिय पिताको मृत्युमा समेत राजनितिक कुचेष्टासहित हस्पिटलबाट जबरजस्ती पिसिआर रिपोर्ट नआई शव लागिएको भन्ने भ्रामक समाचार सम्प्रेषण गर्ने सन्चार माध्यम प्रती गहिरो खेद प्रकट गर्दछौं।’

उनले अगाडि थपे, ‘उपचारमा सम्लग्न स्वास्थ टिमले तुरुन्त शव निकाल्नु भन्दा भन्दै हामीले भोलिपल्ट बिहान ७ बजे मात्र शव निकालेको सम्पुर्णमा जानकारी गराउदछौं । शिक्षण अस्पतालमा उपचारका लागि लैजादा उहाँको सुरुमा पीसीआर नेगेटीभ देखिएको थियो ।’


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com