निषेधाज्ञाको उल्लघन गर्दै नेकपाका नेता कार्यकर्ता, प्रशासन मौन



प्रकाशित मिति : Aug 11, 2020
  • बसन्त खतिवड

बारा, २७ साउन । निषेधाज्ञा उल्लघन गर्दै बाराको सिम्रनगढ नगरपालिकामा संयौको संख्यामा नेकपा कार्यकर्ताले प्रहरी विरुद्ध नाराबाजी गर्दा गृह प्रशासन मुक दर्शक भएर बसेको स्थानीयले आरोप लगाएका छन् । बाराको सिम्रनगढमा रहेको ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक सुरेन्द्रबहादुर तामाङ्गको सरुवाका लागि भन्दै सत्तारुढ दलका केन्द्रीय सदस्य सहितको टोलीले निषेधाज्ञा उल्लघन गर्दा समेत प्रहरी प्रशासनले हस्तक्षेप गरेन ।
यस विषयमा टेलिफोनमा सम्पर्क गर्न खोज्दा बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पंण्डितले उनीहरुले जति बुझे त्यति गरे त्यस विषयमा पछि कुरा गरौला भन्दै टेलिफोन काटे ।भारतीय सिमा क्षेत्रबाट अवैध रुपमा मल खादको तस्करी गर्न पाउनु पर्यो भन्दै नेकपाका केन्द्रीय सदस्य गोपाल ठाकुरको नेतृत्वमा संयौको संख्यामा नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।

नेकपाका सिम्रौनगढ नगर कमिटिको आयोजनामा सिम्रौनगढमा मंगलवार प्रहरी बिरुद्ध नारा जुलुस तथा इलाका प्रहरी कार्यालयको मुलगेट घेराउ गरि नाराबाजी गर्दै कार्यालय घेराउ गरेको नेकपाका नेता गगनदेव कुसवाहाले जानकारी दिए ।

तामाङ्ग आए देखि तस्करी फस्टाएको तथा किसानले आफनो खेतिपातिका लागि ल्याउने मल खाद पक्राउ गर्ने, केही ब्यक्ति र तस्करको इसारामा काम गर्ने जस्ता आरोप लगाउदै नेकपाले बिरोधका कार्यक्रम गरेको जनाएकाछन् ।

सयौको संख्यामा रहेको नेता तथा कार्यकर्ता र स्थानियहरुको सहभागितामा निस्केकोे जुलुसमा प्रहरी निरिक्षक तमाङ्ग चोर कुर्सी छोड भने नारा लगााउदै सिम्रौनगढ बजार परिक्रमा गर्दै इप्रकाको मुल गेटमा नारा बाजी गरेका थिए ।

नेकपाका बाराका जिल्ला सदस्य श्याम किशोर यादवको अध्यक्षतामा सम्पन्न कोण सभामा भोजेन्द्र यादव, शेख मोतिम, बतहु यादव, राजेश कुशवाहा, तारा चन्द्र साह, गगनदेव कुवाहा, महेन्द्र जयसवाल, देवशरण साह लगायतकाले प्र।नि। तामाङ्गको आलोचना गर्दै कारवाहीको माग गरेका थिए ।

ईलाका प्रहरी कार्यालय घेराउ पश्चात आयोजित कोण सभालाई सम्बोधन गर्दै नेकपाका केन्द्रिय सदस्य तथा जिल्ला सह इन्र्चाज डा। गोपाल ठाकुरले तमाङ्ग जस्ता भ्रष्ट प्रहरी निरिक्षकका कारण सिम्रौनगढ बदनाम भईरहेको तथा प्रहरी संगठन समेत बदनाम भईरहेकोले तत्काल यहाँबाट सरुवा गर्न माग गरे ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com