भदौ ७ गतेसम्मका लागि उदयपुरका तीन नगरपालिकामा निषेधाज्ञा जारी



प्रकाशित मिति : Aug 11, 2020
  • अभिमन्यू लामिछाने,

उदयपुर, २७ साउन । उदयपुरमा मंगलबार थप १५ जना संक्रमित थपिएसँगै उच्च सतर्कता अपनाइएको छ । जिःल्ला विपद् व्यवस्थापन समिति र जिल्ला सुरक्षा समितिको मंगलबार बसेको बैंठकले त्रियुगा, चौदण्डीगढी र बेलका नगरपालिकामा साउन २८ गते राति १२ बजेदेखि भदौ ७ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।

संक्रामक रोग नियन्त्रण ऐन–२०२० को दफा २ र स्थानीय प्रशासन ऐन–२०२८ को दफा ६(३) बमोजिम साउन २८ गते राति १२ बजेदेखि भदौ ७ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले जानकारी दिए ।

निषेधाज्ञा गरिएको नगरपालिकामा अति आवश्यक काम बाहेको अन्य कामलाई निषेध गरिएको प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिए । अति आवश्यक स्वास्थ सेवा, विद्युत, सञ्चार, खानेपानी, बैंक, दूध, पानी, ग्यास, एम्बुलेन्सबाहेक अन्य सवारीसाधनलाई आवतजावतमा रोक लगाइएको छ ।

खाद्यान्न पसल विहान ९ बजेदेखि १२ बजेसम्म मात्रै खोल्न पाइने जिल्ला प्रशासनले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

त्रियुगा नगरपालिकामा मालपोत कार्यालय उदयपुरका ६ जना कर्मचारी र यसअघि संक्रमित मालपोतकै कर्मचारीका परिवारका २ जना गरी ८ जना र बेलका नगरपालिकामा एउटै परिवारका ४ जनासहित ७ जनामा कोरोना पुष्टि भएपछि निषेधाज्ञा जारी गरिएको प्रजिअ पाण्डेले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com