‘श्री ७ रणउजीश्वरी भगवती’को २०२ औं सांकेतिक रुपमा मनाइने, सम्पूर्ण तयारी पूरा



प्रकाशित मिति : Aug 11, 2020
  • सुमन कार्की,

पाल्पा, २७ साउन । यो वर्ष पश्चिम नेपालको सबै भन्दा ठूलो श्री ७ रणउजीश्वरी भगवतीको २०२ औं सांकेतिक रुपमा मात्र मनाउने तयारी पूरा गरेको छ । यो वर्ष कोरोना महामारीको कारण रथयात्रा निकाल्न सम्भव नभएको हो ।

पश्चिम नेपालकै ठूलो जात्राको रुपमा चिनिने र विजय उत्सव तथा सिन्दूर जात्राको रुपमा मनाइने पाल्पाको भगवती जात्राको अवसर पारेर मन्दिरलाई झिलीमिली बनाइएको छ ।

रथयात्राको दिन भगवती मन्दिर र रथयात्राको अवलोकन गर्न हजारौ भक्तजनहरुको भीड लाग्ने गर्दछ । तर, यो वर्ष भने कोरोनाका कारण स्वास्थ्य मन्त्रालयको निर्देशन अनुसार स्थानीय सरकार, सीसीएमसी र भगवती गुठी पाल्पाको बैठकले मन्दिर भित्र सांकेतिक रुपमा मनाउन लागिएको हो ।

आज भगवतीमाताको तान्त्रिक विधिबाट पूजा सम्पन्न गरिसकेपछि ६ बढाईसहित भगवतीको प्रतिमूर्तिले मन्दिरलाई तीन पटक परिक्रमा गराइनेछ । साथै, रथ ननिकालिने भएका कारण मन्दिर भित्र्याउने र कुभिण्डोको बली दिइने भएको छ ।

मन्दिर परिसरमा भक्तजनहरुको घुइचो लाग्ने भएको कारण १० बजेसम्म मात्रै सामाजिक दूरी कायम गरी पालैपालो जान दिने व्यवस्था मिलाइएको छ । भोलि विहानैदेखि मन्दिर सेनीटराइज गरेर मात्र भक्तजनलाई मन्दिरमा पूजा गर्न दिइनेछ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com