फेरि गम्भीर खेलवाड, अस्पतालहरुले भर्ना लिन नमान्दा एक बालकको मृत्यु



प्रकाशित मिति : Aug 11, 2020
  • इरफान अली,

वीरगञ्ज, २७ साउन । वीरगञ्जमा उपचार अभावकै कारण पुनः ९ वर्षीय बालकको मृत्यु भएको छ । उपचारकै लागि वीरगञ्जका विभिन्न अस्पतालहरुको चक्कर लगाउदा लगाउदै बालकको मृत्यु भएको हो ।

पर्साका छिमेकी जिल्ला बाराको बारागढी गाउँपालिका–२ सुखीपत्राका ९ वर्षीय बालक सुशील कुमार साहको उपचार अभावकै कारण मंगलबार मृत्यु भएको हो । केही दिनदेखिको सामान्य ज्वरो, झाडापखाला र बान्ताले सिकिस्त बालकलाई वीरगञ्जस्थित नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालले समयमै उपचार गर्न नमान्दा मृत्यु भएको जनाइएको छ ।

आइतबार राति ४ बजेको समयमा उनका बुवा वीरगञ्ज पुगे तर, वीरगञ्जका विभिन्न अस्पतालको चक्कर लगाउँदा पनि भर्ना गर्न नमानेपछि पर्सा प्रहरीको सहयोगमा उक्त बालकलाई नेसनल मेडिकल कलेजमा भर्ना गरिएको थियो ।

पर्सा प्रहरीको डरले मेडिकल कलेजले भर्ना लिएपनि उपचारमा लापरवाही गर्न थालेपछि र औषधि मगाएर थन्क्याएको समेत आफन्तको आरोप छ ।

अस्पतालले कोरोना संक्रमित भनेर उपचार गर्न नमानेपछि बालकको मृत्यु भएको मृतकका भिनाजु उपेन्द्र साहले बताए । त्यसोत, वीरगञ्जम शुक्रबार मात्रै उपचार अभावकै कारण ३ जनाको मृत्यु भएको थियो ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com