भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जी भेन्टिलेटरमा, अवस्था चिन्ताजनक



प्रकाशित मिति : Aug 11, 2020

एजेन्सी, २७ साउन । कोरोना भाइरस संक्रमण देखिएको भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको अवस्था चिन्ताजनक भएको जनाइएको छ।मुखर्जी हाल नयाँ दिल्लीका सैन्य अस्पतालमा उपचाररत छन् । समाचार एजेन्सी एएनआईका अनुसार सेनाका आरआर अस्पतालले उनलाई १० अगस्टमा अस्पतालमा भर्ना गरिएको बताइएको छ । त्यहाँ उनको ज्यान बचाउनको लागि मस्तिष्कमा थप्पडको आकस्मिक शल्यक्रिया गर्नुपरेको पनि जनाइएको छ ।

अस्पताल अनुसार अपरेशनपछि मुखर्जीको अवस्था चिन्ताजनक बनेको र हाल उनलाई भ्यान्टिलेटरमा राखेर उपचार गरिरहेको छ । सोमबार पूर्व राष्ट्रपति आफैले ट्वीट गरेर आफू कोरोना संक्रमित भएको बारेमा जानकारी दिएका थिए । उनले लेखेका थिए, ‘म अरु केही उपचारका लागि अस्पताल जाँदा कोरोना परीक्षण पनि गरे । परीक्षणपछिको नतिजा सकारात्मक देखिएको छ ।’


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com