पानीको मूल्य बढाएकोमा उपभोक्ता आक्रोशित, मूल्य नबढेको सरकारी दावी (भिडियो)



प्रकाशित मिति : Aug 11, 2020

काठमाडौं, २७ साउन । खानेपानीको जारको मूल्य बढेकै हो त ? आम उपभोक्ताले कोरोना महामारीका बेला सरकारले खानेपानी जारको मूल्य बढाएको भन्दै विरोध गरेका छन् ।

तर, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पानीको जारको मूल्य नबढाएको दाबी गरेको छ । ब्यवसायीहरुले सरकारसंग मिलेर एकतर्फी रुपमा पानीको मूल्य बढाएको भन्दै उपभोक्ताहरुले बिरोध गरेका छन् ।

सरोकारवाला निकाय बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण बिभाग भने मूल्य नबढाइएको दाबी गर्छ । विभागले वोटलको पानीमा ४ रुपैयाँ र जारमा १० रुपैयाँ घटाएको बिभागको भनाइ छ ।

हाल बजारमा ३० देखि ४० रुपैयाँसम्म लिइने एक जार पानीको व्यवसायीहरुले ५० रुपैयाँसम्म लिने गरेको उपभोक्ताको आरोप छ । ब्यवसायीहरुले पानीको मूल्य बढाउन नपाउने र सरकारले पानीको मूल्य घटाएको बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण बिभागले जनाएको छ ।

पानीको मूल्य नबढाएको जिकिर गदै बिभागले बजारमा गुणस्तरीय पानीको बिक्री नगरेको पाइएमा पानी उद्यमी र बिक्रेतालाई कडा कारवाही हुने बिभागले जनाएको छ । केही ब्यवसायीहरुको स्वार्थ र मिलेमतोमा पानीको मूल्य बढाएको उपभोक्ताकर्मीहरुको गुनासो छ ।

कोरोनाको महामारी र लकडाउनबाट आम जनता कष्टप्रद जीवन बिताइरहेको अवस्थामा पानी जस्तो अत्याबश्यक बस्तुको मूल्य बृद्धि गरिएको भन्दै उपभोक्ताहरुले आक्रोसित भएका छन् ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com