वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिको कार्यकक्षमा तालावन्दी



प्रकाशित मिति : Aug 11, 2020
  • सन्तोष काफ्ले,

सुनसरी, २७ साउन । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपतिको कार्यकक्षमा तालावन्दी गरिएको छ ।

साउन ३० गते हुन लागेको सिनेट बैठक स्थगित गर्नु पर्ने लगायतका माग राख्दै नेपाल तरुणदल र नेपाल विद्यार्थी संघले उपकुपति प्राध्यापक डाक्टर ज्ञानेन्द्र गिरीको कार्यकक्षमा तालाबन्दी गरेका हुन् ।

कोरोनाको संक्रमण बढ्दै गएको र संक्रमितहरुको सुरक्षामा ध्यान दिनुको सट्टा सिनेटको वहाना बनाइएको उनीहरुको आरोप छ ।

उद्घाटन भएको ४ महिना वितिसक्दा पनि कोभिड अस्पताल सञ्चालनमा नआएको भन्दै उनिहरुले तत्काल कोभिड अस्पताल सञ्चालन गर्न माग गरेका छन् ।

उनीहरुले धरानका होम आसुलेसनमा रहेका संक्रमितहरुलाई अस्पतालको आसुलेसनमा राखेर उपचार गर्नु पर्ने माग गरेका छन् । तर प्रहरीले भने बीपी अस्पतालमा तरुदलले लगाएको ताला फुटाएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com