सेवाग्राहीसँग घुस लिने ६ जना प्रहरी नियन्त्रणमा, प्रदेश प्रहरीले छानबिन गर्दै



प्रकाशित मिति : Aug 11, 2020
  • देवराज पन्त,

मकवानपुर, २७ साउन। बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले केही समय यता आन्तरिक शुद्धिकरण अभियान सञ्चालन गरिरहेको छ । यसै अन्तर्गत विभिन्न बहानामा आर्थिक लेनदेनमा रहेको आरोपमा आज ६ जना प्रहरीहरुलाई निलम्बन गरेको जनाएको छ ।बागमती प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले सेवाग्राहीसंग रकम लिदै गरेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएर छानबिन गरिरहेको छ । नियन्त्रणमा रहेका प्रहरीहरुमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीका ५ जना र जिल्ला प्रहरी कार्यालय काभ्रेका १ जना रहेका छन् ।प्रदेश प्रहरी कार्यालयका अनुसार सिन्धुलीमा कार्यरत प्रहरी हबल्दार राजकुमार श्रेष्ठ, डोर बहादुर कार्की, प्रहरी जवान कुमारबाबु सिंह, धिरेन्द्र साह, राम कुमार थापा र काभ्रेको ईलाका प्रहरी कार्यालय मंगलटारमा कार्यरत प्रहरी जवान नविनबहादुर थापालाई नियन्त्रणमा लिएको जनाएको छ ।

निलम्बित प्रहरीहरुको थप छानविन गर्न प्रदेश प्रहरी कार्यालय हेटौंडाले प्रहरी नायव उपरीक्षक विज्ञन बस्नेतको संयोजकत्वमा तीन सदस्यीय छानविन टोली गठन गरेको छ ।

केही दिन अघि सेवाग्राहीसंग आर्थिक प्रलोभनमा पर्ने एक जना प्रहरी निरीक्षकसहित ११ जना प्रहरी कर्मचारीलाई गरिएको छ भने, इमान्दारीता प्रर्दर्शन गर्ने २५ जना प्रहरीहरुलाई प्रदेश प्रहरी कार्यालय हेटौंडाले पुरस्कृत गरेको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com