आठौंपटक दैलेखमा स्वास्थ्य सामग्री पठाइयो



प्रकाशित मिति : Aug 11, 2020

काठमाडौं, २७ साउन । दैलेखी सेवा समाज र मनघरी फाउण्डेशनको अगुवाईमा दैलेख जिल्लामा आठौं पटक स्वास्थ्य सामग्री पठाइएको छ । दैलेख जिल्लाको नारायण नगरपालिका, महाबु गाउँपालिका, भगवतीमाई गाउँपालिका, नौमुले गाउँपालिकालाई स्वास्थ्य सामग्री पठाइएको हो ।

दिन प्रतिदिन कोरोनाको प्रकोप बढ्दै गएका कारण दैलेख जिल्लामा संक्रमण रोक्न केही मात्रामा भए पनि सहयोग पुगोस भन्ने उद्देश्यले स्वास्थ्य सामग्री पठाइएको हो ।

एक नगरपालिका र तीन गाउँपालिकाका लागि १६ थान पीपीई सेट, १ हजार ४ सय थान सर्जिकल मास्क, ७० थान के–९५ मास्क, ८ सय थान ग्लोब्स, दुई ग्यालेन (१० लिटर) र ८ बोतल सेनिटाईजर तथा ४ बोतल फिनेल पठाइएको छ ।

दैलेख जिल्लाबाट निर्वाचित कर्णाली प्रदेश सभाका सांसद अमरबहादुर थापालाई दैलेखी सेवा समाजका अध्यक्ष प्रताप शाही र मनघरी फाउण्डेशनका अध्यक्ष भरतबन्धु थापाले स्वास्थ्य सामग्री हस्तानान्तरण गरेका हुन् ।

कार्यक्रममा महाबु गाउँपालिका अध्यक्ष जंगबहादुर शाही, भगवती माई गाउँपालिका अध्यक्ष दानबहादुर थापा एवं नेकपा दैलेखका नेता छवि सुवेदीको पनि सहभागीता रहेको थियो ।

सामग्री ग्रहण गर्दै प्रदेशसभा सदस्य अमरबहादुर थापाले भने, ‘यो स्वास्थ्य सामग्रीले कोराना रोकथामका लागि ठूलो सहयोग पुग्नेछ।’ यसअघि सेवा समाज र फाउण्डेशनले दैलेख जिल्लाका सबै स्थानीय तहमा पटक–पटक गरी स्वास्थ्य सामग्री पठाइसकेको छ।

अहिले पठाउन लागेको स्वास्थय सामग्री बोधो स्वात्य विहार काठमाण्डौ र पञ्चकोशी सर्जिकल हाउसले सहयोग गरेको हो ।

मनघरी फाउण्डेशनको अगुवाई र दैलेखी सेवा समाजको सहकार्यमा यसअघि कर्णाली प्रदेशका हुम्ला, मुगु र डोल्पा जिल्लाका सबै स्थानीय निकायमा स्वास्थ्य सामग्री पठाइसकेको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com