अख्तियारका प्रमुख आयुक्त घिमिरेलाई पनि कोरोना संक्रमण, अन्य तीन सय ५० जनाको रिपोर्ट आउन बाँकी



प्रकाशित मिति : Aug 11, 2020

काठमाडौं, २७ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरेलाई पनि कोरोना संक्रमण भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार घिमिरेलाई मंगलबार कोरोना पुष्टि भएको हो ।

File Photo

हालसम्म अख्तियारमा घिमिरेसहित ४१ जना कर्मचारीहरुमा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ । केही दिन अगाडि मात्रै घिमिरेका ड्राइभर र पछुवा गाडीमा हिँड्ने सात प्रहरीलाई पनि कोरोना पुष्टि भएको थियो ।

अख्तियारका अन्य तीन सय ५० जनाको पनि स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको तर, हालसम्म रिपोर्ट नआएको जानकारी गराइएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com