२७ श्रावण २०७७, मंगलवार

एजेन्सी, २७ साउन । एक सय भन्दा बढी दिनपछि न्यूजिल्याण्डमा कोरोना संक्रमणको केहि नयाँ स्थानीय केसहरू देखा परेका छन्।न्यूजिल्याण्डकी प्रधानमन्त्री जेसिन्डा अर्डर्नले चार जनामा कोरोना पोजेटिभ भेटिएको बताएकी छन् । एकै घरमा बस्ने चार जना संक्रमितहरुको स्रोत पत्ता नलागेको जनाइएको छ ।

हाल देखिएको कोरोना भाइरसको संक्रमण न्यूजिल्याण्डका औकल्याण्ड देखिएको हो । त्यहाँ जबसम्म पूरा जाँच हुदैन तबसम्म तेस्रो तहका लकडाउन लागु हुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV