२७ श्रावण २०७७, मंगलवार
  • दान बहादुर बुढा

मुगु, २७ साउन । हिमाली जिल्ला मुगुमा रहेका स्थानीय सरकार र गैर सरकारी संस्था कीर्डाकद्वारा ६ ओटा स्थानमा सिकाई केन्द्र सञ्चालनमा ल्याएको छ । गुडनेवर्स ईन्टरनेसनल मुगुको आर्थिक सहयोगमा कोरोनाका कारण पठनपाठनमा ठप्प भएका ग्रामिण भेगका बालवालिकालाई सिकाई केन्द्र सञ्चालनमा ल्याइएको हो ।

कोरोनाका कारण पठनपाठन प्रभावित भएपछि घरमा बसेका बालवालिकालाई पठनपाठनमा समस्या नहोस् भनेर सिकाई केन्द्र सञ्चालन गरेको किर्डाक नेपाल मुगुले जनकारी दिएको छ ।

जिल्लाका ४ ओटा स्थानीय तहका का ६ ओटा स्थानमा सिकाई सक्षा सञ्चालन गरेको किर्डाक नेपाल मुगुका कार्यक्रम अधिकृत शिवलाल बुढाले जानकारी दिनुभयो । उहाँका अनुसार छायाँनाथ रारा नगरपालिकाका वडा नं १० को घटट्लेख, वडा नं ७ को सिगाडी, लुम, र कार्किवाडा गरी ४ ओटा स्थानमा सञ्चालन गरेको छ ।

त्यस्तै, सोरु गाउँपालिकाको नाथर्पु , सिपमा भएका छन् भने खत्याड गाउँपालिकाको सेरी, लमेरा, डुङरी, ह्याङल, नखर्जि, र मुगुमकार्मारोङ्ग गाउँपालिकाको माग्री, खारी, र चिताईमा सिकाई केन्द्र कक्षा सञ्चालन गरेको बुढाले बताउनुभएको छ ।

त्यस्तै, गुड नेवर्स ईन्टरनेसनल संस्थाले पनि जिल्लाका बाम, रोवा, कोडडाडा, ख्याल्च, सुकाढिक, र धुपिमा सिकाई केन्द्र सुरु गरेको छ ।
संस्थाका अनुसार पछिल्लो समय लकडाउनले विद्यालयस्तरको शिक्षाबाट बञ्चित पठनपाठनमा थोरै भएपनि केही ज्ञान हासिल गरुन भने हिसावले छायानाथ रारा नगरपालिका भित्रका बस्तीमा कीर्डाक नेपाल र साहास नेपालको आर्थिक सहयोगमा र नगरपालिकाको सहजिकरणमा सिकाई केन्द्र सञ्चालन गरिएको छायानाथ रारा नगरपालिकाका शिक्षा शाखा प्रमुख खड्क बहादुर रोकायाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV