२७ श्रावण २०७७, मंगलवार

एजेन्सी, २७ साउन । रूसी राष्ट्रपति भ्लादिमीर पुटिनले आफ्ना वैज्ञानिकहरुले कोरोना भाइरसविरुद्धको खोप तयार गरिसकेको दाबी गरेका छन् ।पुटिनले मंगलबार सरकारी मन्त्रीहरूलाई सम्बोधन गर्दै भने, आज बिहान कोरोना भाइरसबिरूद्धको पहिलो खोप दर्ता भएको छ। उनले अगाडि थपे, यो खोप दुई महिनासम्म मानवमा परीक्षण गरिएको थियो र यसले सबै सुरक्षा मापदण्डहरू पूरा गरेको छ।

उक्त खोप रुसको स्वास्थ्य मन्त्रालयले पनि अनुमोदन गरिसकेको जनाइएको छ। यद्यपि रुसले जुन तरिकाले कोरोना भ्याक्सिन प्राप्ता गर्ने दावी गरिएको छ । जुन देखेर वैज्ञानिक जगतमा चिन्त पनि व्यक्त गरिएको छ ।

रसियाका राष्ट्रपति पुटिनले सरकारी टेलिभिजनमा माकोको गमलेया संस्थानमा विकसित उक्त कोराना भाइरसको खोप पूर्णतया सुरक्षित रहेको घोषणा गरेका छन् । यो खोप उनकी छोरीलाई पनि दिइएको जनाइएको छ।

पुटिनले फेरि पनि खोप धेरै प्रभावकारी भएको बताउदै सबै सुरक्षा मापदण्डहरु पूरा गरेको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV