२७ श्रावण २०७७, मंगलवार
  • ज्योति कुमार पन्थी

गुलरिया, २७ साउन । नेपाल बिद्युत प्राधिकरणले गुलरिया वितरण केन्द्रका लागि कोहलपुरदेखि पठाएको ३३ केवी लाईन बर्दिया नपुग्दै निजी कम्पनीलाई जडान गरे पछि बर्दिया जिल्ला भर भोल्टेजको समस्या देखिएको छ । कोहलपुरदेखि बर्दिया भित्रने ३३ केवि प्रशारण लाईनबाट बाकेको जानकी गाउँपालिकास्थित अम्बे स्टिललाई अनाधिकृत रूपमा बिजुली जडान गरेका कारण बर्दिायामा भोल्टेजको समस्या देखिएको हो ।

बर्दियाका अधिकांश स्थानमा भोल्टेज समस्या देखिएको छ पछिल्लो समय भोल्टेज अप डाउन हुँदा स्थानीयका टेलिभिजन समेत पड्कन थालेका छन् । कल्डेजमा एकरुपता नआएपछि समस्या परेको गुलरिया नगरपालिका वडा नं ५ का स्थानीय प्रकास ज्ञवालीले बताउनुभयो । त्यसै गरी कम बेसि हुँदा घरमा जडान गरिएको टेलिभिजन पड्केको गुलरिया नगरपालिका ४ का स्थानीय एण्डिज शर्माले बताए ।

बिद्युत प्राधिकरणले कसरी बर्दिया भित्रने प्रशारण लाईनबाट नै निजी कम्पनिलाई बिजुलि दियो भन्नेमा हाकिम बाहेका कर्मचारी नै अन्यौलमा परेका छन । यसैबिच बिद्युत प्राधिकरण गुलरिया बितरण केन्द्रका प्रमुख परितोष कुमार चौधरीले त्यसका कारण बिजुलि अपडाउन भएको स्विकार गर्न मानेन् उनले यस विषयमा क्षेत्रिय हाकिमलाई सोध्नस् भने ।

बितरण केन्द्रको जिम्मेवारी सम्हालेका प्रमुखले नै गैर जिम्मेवारी पूर्ण कुरा गर्ने गरेको स्थानीयहरुको गुनासो गरेका छन् । बर्दियामा केही बर्ष अघि दैनिक ११ घण्टा लोडसेडिङ् भोगेका स्थानीयलाई बाकेले बिजुली उपलब्ध गर्न रोक लगाएपछि स्थानियहरू अन्धकारमा बस्न बाध्य भएका थिए। तर निजि कम्पनीलाई कसरी बिजुली बिच बाटोबाटै दिईयो भन्दा जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले बिद्युत प्राधिकरणले लापर्वाही गरेको र त्यस बारेमा आफुले पटक पटक गुलरियाका प्रमुखलाई जानकारी गराएको र आफुले अब केन्द्रीय कार्यालयलाई लिखित जानकारी गराउने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV