चीनद्वारा उत्पादित ‘कोरोना बैंक’ नाम दिइएको भ्याक्सिनको परीक्षण अन्तिम चरणमा



प्रकाशित मिति : Aug 11, 2020

एजेन्सी, २७ साउन । चीनको सिनोवैक बायोटेक लिमिटेडले मंगलबार -आज_ कोभिड–१९ भ्याक्सिनको ह्युमन ट्रायल -मानव परीक्षण_ को अन्तिम चरणको सुरुवात गरेको छ । यस भ्याक्सिनको ट्रायल इन्डोनेसियामा १ हजार ६ सय २० जना संक्रमितहरुमाथि गरिने भएको छ ।

चीनले यस भ्याक्सिनलाई इन्डोनेसियाको सरकारी कम्पनी बायो फर्मासँग मिलेर बनाइरहेको हो । यस अगाडि पनि सिनोवैकले जानकारी दिदै भनेको थियो, ‘ट्रायलको दोस्रो चरणमा भ्याक्सिन सुरक्षित पाइयो । र, विरामीहरुको एन्टिबडी आधारित इम्यून रेस्पोन्स पाइएको छ ।’

‘कोरोना वैक’ नामक यस भ्याक्सिनको असरको बारेमा सबुत जुटाइरहेको पनि जनाइएको छ । यस ‘कोरोना वैक’को अन्तिम स्तरको परीक्षण पहिलेदेखिनै ब्राजिलमा चलिरहेको छ । साथै, सिनोवैकले यस भ्याक्सिनको परीक्षण बंगलादेशमा पनि गरिने जनाएको छ ।

सिनोवैकको इन्डोनेसिया ट्रायल यस्तो समयमा भइरहेको छ, जहाँ दक्षिणपूर्वी एसियाको सबै भन्दा बाक्लो बस्ती भएको देशमा तीब्र रुपमा कोरोना भाइरसको संक्रमण फैलिरहेको छ । मंगलबारसम्ममा त्यहाँ एक लाख २७ हजार भन्दा बढी कोरोना संक्रमितहरु रहेका छन् ।

यस ट्रायलका लागि हाललाई १ हजार २ सय १५ जनालाई छनौट गरिएको छ, जुन ६ महिनासम्म चल्नेछ । यसबारे इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले भनेका छन्, ‘जबसम्म सबैलाई भ्याक्सिन दिइदैन, तवसम्म कोभिड–१९ को खतरा टर्ने छैन ।’

भ्याक्सिन ट्रायलको लञ्चको अवसरमा उनले भने, ‘जनवरीसम्ममा हामीले यस भ्याक्सिन बनाउन सफल हुन्छौं भन्ने आशा छ । त्यसपछि मुलुकका सबैलाई दिन पनि सक्छौं ।’

बायो फर्मा सिनोवैंकका अलवा इन्डोनेसियाको निजी कम्पनी बाल्बे फर्मा र दक्षिण कोरियाको जेनेक्साइनले एक साथ छुट्टै भ्याक्सिन पनि बनाइरहेका जानकारी गराइएको छ । तर, उक्त भ्याक्सिनको बारेमा स्पष्ट भने पारिएको छैन ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com