२७ श्रावण २०७७, मंगलवार

काठमाडौँ, २७ साउन । तत्कालीन नेकपा माओवादीले आधार इलाका मान्दै आएको रामेछापको दोरम्बाका तनि दर्जनभन्दा बढी युवा नेकपा परित्याग गरी कांग्रेसप्रवेश गरेका छन् । उनीहरुलाई कांग्रेस महामन्त्री डा।शशांक कोइरालाले टिका र खादा लगाएर स्वागत गर्नुभएको छ ।

कोइरालाको निवासमा आयोजित एक कार्यक्रममा ती युवाहरुलाई स्वागत गर्दै महामन्त्री कोइरालाले नेकपा छोडेर युवाहरु नेपाली कांग्रेसमा प्रवेश गरेकाले आफुमा पनि उर्जा थपिएको बताउनुभएको छ । महामन्त्री कोइरालाले कम्युनिष्टहरुको कुशासानका कारण नागरिकमा अविश्वास जागेको भन्दै नेपाली कांग्रेसको भनेको संघर्षको पर्यायवाची भएको र अन्याय, अत्याचारका विरुद्धमा आवाज उठाउन युवाहरुलाई आह्वान समेत गर्नुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्धय बद्री पाण्डे, जीवन परियार, नेपाली कांग्रेसका नेता राचन्द्र खड्का, नेपाली कांग्रेस रामेछापका जिल्ला सभपाति लवश्री न्यौपानेले नवप्रवेशीहरुलाई स्वागत गर्नुभएको थियो ।

नेपाल विद्यार्थी संघका नेता दिपेन्द्र खड्काका अनुसार दोरम्बाको वडा नम्बर ६ का नवराज गौतम, दिपेन्द्र गौतम विनाद गौतम, कुमार गौतम, सागर न्यौपाने लगायत अधिकांश युवाहरु नेकपा छोडेर नेपाली कांग्रेसमा प्रवेश गनुृभएको छ ।

रामेछापको दोरम्बा र वेथानलाई तत्कालिन माओवादीहरुले आधार क्षेत्र मान्दै आएका थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV