२६ श्रावण २०७७, सोमबार
  • निमेन्द्र शाही

बाजुरा, २६ साउन । बाजुराको गौमुल गाउँपालिका र बडिमालिका नगरपालिकामा अविरल वर्षासंगै आएको बाढीले २७ घर बगाएको छ ।बाढीले घर बगाउँदा दुई सय जना विस्थापित भएका छन् । बाढीले बगाएर एक महिला समेत बेपत्ता भएकी छन् । वेपत्ता हुनेमा बडिमालिका २ घाग्रकी ५५ वर्षीया आउसीदेवी महत रहेकी छिन् । बुढीगंगा नदीको बाढीले एउटा बेलीब्रिज र पाँच वटा झोलुङ्गे पुल समेत बगाएको छ । बाढीका कारण भएको क्षतिको विवरण आउँन बाँकी रहेको छ ।बाढी नारोकिएकाले उद्धारका कार्य जारी रहेको र विस्थापितहरुलाई राहतको व्यवस्था गर्न लागिएको बाजुराका प्रहरी नायब उपरीक्षक टंकप्रशाद भट्टराईले जानकारी दिनुभयो ।

बाढीले साफे–मार्तडी सडक पर्ने जडाङ्गाको बेलीब्रिज बगाएको छ । त्यस्तै साफेँ मार्तडी सडक अन्तरगत बुढीगंगा नदीमा बनाएको बेलिबिज्र बगाएपछि सदरमुकामा आवतजावत गर्न सडक बन्द भएको छ । बाजुरामा यस वर्षको बाढीले ठूलो क्षति पु¥याएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV