२६ श्रावण २०७७, सोमबार

काठमाडौं, २६ साउन । प्रहरीले काठमाडौंको गोंगबु गणेशस्थानमा एक व्यक्तिको हत्या गरेर फालेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ । गोंगबुमा एक पुरुषको विभत्स हत्या भएको घटनामा संलग्न रहेको आरोपमा चितवनको टाढी, माधवपुरबाट कल्पना शाही पक्राउ परेकी हुन् ।

घटनामा संलग्न भएको आशंकामा आइतबार पक्राउ परेका ४ महिलालाई भने छाडिएको प्रहरीले जनाएको छ ।

प्रहरी स्रोतका अनुसार अपराध भएको कोठामा बस्ने महिला पक्राउ परेकी हुन् । उनलाई अहिले जिल्ला प्रहरी कार्यालय, चितवनमा राखिएको छ । प्रहरीले उनलाई काठमाडौं ल्याउने तयारी गरिरहेको छ ।

आइतबार गोंगबु चोकनजिकै सुटकेशभित्र टाउको र खुट्टाविनाको शव भेटिएको थियो । कुकुरको सहयोगमा प्रहरीले त्यसको तीन सय मिटर पर टाउको र खुट्टा भेटेको थियो । मृतक दाङका कृष्णबहादुर बोहोरा भएको खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV