२६ श्रावण २०७७, सोमबार
  • सुमन कार्की

पाल्पा, २६ साउन । २ सय वर्ष अघि देखि चल्दै आएको पाल्पाको सवै भन्दा ठूलो श्री ७ रणउजेश्वरी भगवतीको २०२ औं रथयात्रा यो वर्ष भने कोरोना भारसको कारण ननिकालिने भएको छ । पश्चिम नेपालकै ठूलो जात्राको रुपमा चिनिने र विजय उत्सव तथा सिन्दुर जात्राको रुपमा मनाइने पाल्पाको भगवती जात्रा यो वर्ष साउन २८ गते परेको छ ।रथयात्राको दिन भगवती मन्दिर र रथयात्राको अवलोकन गर्न हजारौ भक्तजनहरुको भीडलाग्ने गर्छ । तर यो वर्ष भने कोरोनाका कारण कुनै पनि जात्रा नर्गन स्वास्थ्य मन्त्रालयद्धारा जारी निर्देशन अनुसार स्थानीय सरकार, सीसीएमसी र भगवती गुठी पाल्पाको वैठकले यस वर्षको जात्रालाई मन्दिर भित्रमात्र सांकेतिक रुपमा मनाउन लागेको मन्दिर व्यवस्थापन समितिका अभ्यक्ष राजेश्वर उदयको जानकारी दिनुभयो ।वि.स. १८७६ सालदेखि पाल्पामा यो जात्रा मनाइदै आएको छ । पाल्पाका कमाण्डर उजिर सिं थापाको फौजले १८७६ मा वुटवलको जितगढीमा अंग्रेज फौजमाथि विजय गरेको दिनको सम्झनामा यो जात्रा पाल्पामा मनाइदै आएको छ ।

यो जात्रामा पछिल्लो समय प्रदेश ५ सरकारले समेत स्थानीय तहमा विदा दिने निर्णय समेत गरेको थियो । यस पटक भगवती जात्राको रौनक नहुने हुँदा मन्दिर व्यवस्थापन समिति लगायत भक्तजनहरुमा समेत निरासा छाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV