२६ श्रावण २०७७, सोमबार

काठमाडौं, २६ साउन । गोंगबु–गणेशस्थानमा दाङका कृष्णबहादुर बोहराको विभत्स हत्या भएको घटनास्थललाई प्रहरीले सिल गरेको छ ।घटनाको अनुसन्धानमा जुटेको प्रहरीले मृतकको सुटकेशमा शव भेटिएको स्थानभन्दा ५० मिटरको दूरीमा रहेको ४ तले घरको एउटा कोठामा घटना भएको भन्दै घर सिल गरेको हो ।

घरलाई सिल गरेर अनुसन्धान तथा सोधपुछ थालिएको छ । यसअघि घटना भएको २४ घण्टासम्म प्रहरीले शवको शनाखत गर्न नसकेपछि समस्या भएको थियो । शवको सनाखतकै लागि प्रहरीले उनको फोटोसमेत सार्वजनिक गरेको थियो ।

मृतक काठमाडौंको नयाँ बजारस्थित एक गार्मेन्टमा कार्यरत रहेको खुलेको छ । प्रहरीले घटनामा संलग्न रहेको आशंकामा केही व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताइएपनि औपचारिक पुष्टि हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV