२६ श्रावण २०७७, सोमबार
  • तारा आचार्य

विराटनगर, २६ साउन । जिल्ला अदालत मोरङका एक न्यायाधीशलाई कोरोना संक्रमण देखिए पछि तीन दिनको लागि अदालत बन्द गरिएको छ । न्यायाधीशलाई नै संक्रमण भएपछि बुधबारसम्मका लागि अदालतको सबै कामकाज रोकिएका छन् । यस्तै संक्रमित न्यायाधीशको कन्टयाक्टमा रहेकाहरुको खोजीकार्य पनि तीब्र पारिएको छ ।

विराटनगरका बिभिन्न क्षेत्र सिल
यसैबीच विराटनगर महानगरपालिकामा एक सातामा ४ जनाको मृत्युसंगै कोरोना संक्रमितको संख्या ह्वात्तै बडेपछि महानागरपालिकाले केही वडाका संक्रमित क्षेत्रहरु तीन दिनको लागि सिल गरेको छ ।

महानगरको सवै भन्दा वढी संक्रमित भएको वडा नं. ९ मा २ जनाको मृत्यु पछि एकै परिवारका ११ जनामा संक्रमण भेटिएपछि सो क्षेत्र सिल गरिएको छ । गुद्रि बजारदेखि पूर्व हनुमान मन्दिर जलजला मोडदेखि दक्षिण तर्फ बजार एरियाका सडकमा आवत जावत बन्द गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

 

सो क्षेत्रमा ढाट लगाएर आवतजावतमा रोक लगाइएको छ । धेरै भीडभाड हुने र धेरै संक्रमित थपिएका कारण सुरक्षा समितिको निर्णय अनुसार सो क्षेत्र सिल गरिएको प्रहरीले जनाएको छ । सो क्षेत्रमा हिडडुल नगर्न र वाहिर ननिस्किन प्रहरीले सूचना जारी गरेको छ ।

विराटनगर महानगरपालिकाले १६ गते देखि दुईसाताका लागि लकडाउन गरेको छ । लकडाउन गरेपनि अत्याधिक भीड हुने र धेरै संक्रमित भेटिए पछि स्थानिय प्रशासनले सो स्थान सिल गरेको हो । विराटनगर महानगरपालिकामा २ सया ९२ जना संक्रमितहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV